ह्वात्तै घट्यो नेपालीले पाएको अमेरिकी भिसादर


प्रकाशित मिति : कार्तिक १६, २०७४ बिहीबार

नेपालीहरुले पाएको अमेरिकी भिसाको दर ह्वात्तै घटेको छ । अगस्त महिनाको तुलनामा सेप्टेम्बरमा नेपालीहरुले अमेरिकाको गैरआप्रवासी भिसा निकै कम संख्यामा प्राप्त गरेका छन् ।

अगस्त महिनामा २२९८ जना नेपालीहरुले विभिन्न प्रकारका गैरआप्रवासी भिसा प्राप्त गरेका थिए । उनीहरु विश्वभरबाट अमेरिकाको भिसा प्राप्त गर्ने नेपालीहरु थिए तर सेप्टेम्बर महिनामा भने १५३३ जना नेपालीहरुलेमात्र अमेरिकाको गैरआप्रवासी भिसा प्राप्त गरेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ ।

अगस्तमा १८४३ जना नेपालीहरुले अमेरिकाको भिजिटर र बिजनेश अर्थात् बी क्याटेगोरीको भिसा प्राप्त गरेका थिए तर सेप्टेम्बरमा यो दर ह्वात्तै घटेको छ । सेप्टेम्बरमा ११३८ जना नेपालीहरुलेमात्र अमेरिकाको भिजिटर र बिजनेश भिसा प्राप्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेप्टेम्बरमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्या पनि घटेको छ । अगस्तमा २२८ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएकोमा सेप्टेम्बरमा जम्मा १३ जना नेपालीहरुलेमात्र अमेरिकाको विद्यार्थी भिसा पाएका छन् । सेप्टेम्बरमा ४ जना नेपालीले पत्रकारिता भिसा प्राप्त गरेका छन् भने अगस्तमा एकजनाले पनि पाएका थिएनन् ।

अगस्तमा कामदार अर्थात् एच वान बी भिसा भने १३ जना नेपालीहरुले प्राप्त गरेका थिए जबकी सेप्टेम्बरमा यो भिसा पाउने नेपालीहरु १९ जना रहेका थिए । सेप्टेम्बरमा कलाकारले पाउने पी थ्री भिसा भने १ जना मात्र नेपाली कलाकारले पाएका थिए । अगस्तमा भने यो भिसा ३ जनाले पाएका थिए । अगस्तमा पी भिसामा थप ५ जना नेपाली खेलाडीहरु अमेरिकामा आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com