मोरङमा शेखर कोइराला भर्सेस लालबाबु पण्डित, मीनेन्द्र रिजाल भर्सेस ऋषिकेश पोखरेल


प्रकाशित मिति : कार्तिक १६, २०७४ बिहीबार

दोस्रो चरणको निर्वाचनअन्तर्गत छ संसदीय र १२ प्रदेशसभा रहेको मोरङमा १९४ जनाले आज उम्मेदवारी दर्ता गराएका छन् ।

सोमध्ये प्रतिनिधिसभातर्फ ६७ र प्रदेशसभातर्फ १२७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । छ वटै संसदीय क्षेत्रबाट नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवारी दर्ता गराएका छन् भने वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)ले क्षेत्र नं १, २, ३ र ६ तथा नेकपा (माओवादी केन्द्र)ले ४ र ५ बाट मनोनयनपत्र दर्ता गराएका हुन् । देशभक्त जनप्रजातान्त्रिक मोर्चा, एकीकृत राप्रपा(राष्ट्रवादी)लगायत दलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि मोरङ क्षेत्र नं ६ बाट नेपाली काँग्रेसका नेता डा शेखर कोइराला र बाम गठबन्धनका तर्फबाट एमालका पोलिब्यूरो सदस्य लालबाबु पण्डितले उम्मेदवारी दर्ता गराउनुभएको हो । सो क्षेत्रमा ११ राजनीतिक दलका साथै प्रदेशसभाका दुई वटै क्षेत्रबाट २५ जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।

त्यसैगरी क्षेत्र नं २ बाट काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र एमालेबाट ऋषिकेश पोखरेलसमेत गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रको दुई वटै प्रदेशसभाका लागि २० जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।
क्षेत्र नं ३ बाट काँग्रेस, एमाले, समाजवादी फोरम, राजपालगायत गरी १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रका दुई वटै प्रदेशबाट २० जनाले मनोनयन दर्ता गराएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्षेत्र नं ४ बाट काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्य, नेकपा(माओवादी केन्द्र)बाट अमनलाल मोदीसमेत गरी ११ जना र सो क्षेत्रका दुईवटै प्रदेशबाट २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै क्षेत्र नं ५ बाट माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डल, काँग्रेसका केन्द्रीय सदस्य अमृतकुमार अर्याल, राजपाबाट पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डल, समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवसमेत गरी सात र सो क्षेत्रका दुई वटै प्रदेशबाट १७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसैगरी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा ११ र दुई वटै प्रदेशबाट २३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com