सान फ्रान्सिस्को अध्यागमन अदालत बन्द भएपछि नर्थ क्यालिफोर्नियामा मुद्दाको चाप


प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार

Photo: Sasun Bughdaryan/Unsplash

सान फ्रान्सिस्कोस्थित अध्यागमन अदालत हालै बन्द भएपछि नर्थ क्यालिफोर्नियाको अध्यागमन अदालत प्रणाली र त्यहाँका कानुन प्रक्रिया अपनाइरहेका आप्रवासीहरूमा ठूलो चाप थपिएको छ। सहरको ‘फाइनान्सियल डिस्ट्रिक्ट’मा रहेको १०० मोन्टगोमरी स्ट्रिट भवनबाट हेरिने अधिकांश मुद्दाहरूलाई करिब ३० माइल पूर्वमा रहेको कन्कर्ड अध्यागमन अदालतमा सारिएको छ।

ट्रम्प प्रशासनले ३३ लाखभन्दा बढी मुद्दाहरूको चाप र बक्यौता बाँकी रहेकै समयमा सन् २०२५ देखि हालसम्म २०० भन्दा बढी अध्यागमन न्यायाधीशहरूलाई बर्खास्त, सेवामुक्त वा अवकाश लिन बाध्य पारिसकेको छ।

सान फ्रान्सिस्को अध्यागमन अदालतमा आठ वर्ष न्यायाधीशका रूपमा सेवा गरिसकेका जेरेमिया जोन्सन पनि ती बर्खास्त गरिएका न्यायाधीशहरूको सूचीमा पर्छन्।

मैले सान फ्रान्सिस्कोमा आठ वर्ष सेवा गरेँ। तर, गत नोभेम्बरमा कुनै कारण नखुल्याई एउटा इमेलमार्फत मलाई बर्खास्त गरियो, जोन्सनले भने। जोन्सनले हालसम्म अर्को काम पाएका छैनन्, तर त्योभन्दा बढी चिन्ता उनलाई अदालत बन्द गर्नुको पछाडि रहेका कारणहरूप्रति छ।

न्यायाधीशहरूलाई बर्खास्त गर्दा मुद्दा सुन्ने मानिसहरूको सङ्ख्या घट्छ। यसले अन्य न्यायाधीशहरूमा पनि डर पैदा गर्छ, जोन्सनले थपे। यसको सोझो अर्थ अब निष्पक्ष सुनुवाइ हुने छैन भन्ने सन्देश दिनु हो।

अध्यागमन अधिवक्ता घसान शामियाका अनुसार आफ्ना ग्राहकहरूको मुद्दा अहिले कन्कर्ड सारिएको छ। अहिले मुद्दाहरूको नयाँ पेसी सन् २०२९ र २०३० सम्मका लागि तोकिन थालेका छन्, शामियाले भने।

शामियाका अनुसार प्रशासनले यो कदममार्फत स्पष्ट सन्देश दिन खोजेको छ। यदि तपाईं हामीले भनेको मान्नुहुन्न वा हाम्रो अगाडि झुक्नुहुन्न भने, तपाईंको हविगत पनि यही हुनेछ,शामियाले भने। न्यायाधीशहरूलाई हटाउने मात्र होइन, अदालत नै बन्द गरेर मुद्दाको सुनुवाइमा ढिलाइ गराउने प्रयास भइरहेको छ।

अमेरिकी जस्टिस डिपार्टमेन्टले मे महिनामा जारी गरेको वक्तव्यमा सान फ्रान्सिस्को अदालत बन्द गर्नुलाई ‘खर्च कटौतीको कदम’ भनेको छ। सान फ्रान्सिस्को अदालत बन्द भएपछि अब नोर्थ क्यालिफोर्नियाका करिब १ करोड २० लाख बासिन्दाहरूलाई सेवा दिन दुईवटा मात्र अध्यागमन अदालतहरू बाँकी रहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुद्दामा परेको असरबारे सोधिएको प्रश्नमा जस्टिस डिपार्टमेन्टका प्रवक्ताले पूर्व बाइडेन प्रशासनलाई दोष दिँदै भने, अघिल्लो प्रशासनले लाखौँ गैरकानुनी आप्रवासीहरूलाई समुदायमा प्रवेश गर्न दिएकाले यो चाप बढेको हो। अध्यागमन अदालतको यो चाप घटाउनु यो प्रशासनको प्रमुख प्राथमिकता हो।

मे महिनामा ट्रम्प प्रशासनले ८० भन्दा बढी नयाँ अध्यागमन न्यायाधीशहरू नियुक्त गरेको थियो। प्रशासनले आफ्ना विज्ञापन तथा जागिरका सूचनाहरूमा उनीहरूलाई सार्वजनिक रूपमा नै देश निकाला गर्ने न्यायाधीशहरू  भनेर सम्बोधन गरेको छ। कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चका अनुसार यो नियुक्ति अध्यागमन प्रणालीमा कानुनी शासन पुनर्बहाली गर्न समर्पित न्यायाधीशहरूको टोली बनाउनका लागि गरिएको हो।

अध्यागमन अदालतहरू स्वतन्त्र न्यायपालिकाको अङ्ग नभई कार्यपालिका र जस्टिस डिपार्टमेन्ट अन्तर्गत सञ्चालित हुन्छन्।

यी अदालतहरूको व्यवस्थापन एकदमै दयनीय छ, कन्कर्ड क्षेत्रका डेमोक्र्याटिक सांसद मार्क डिसाउल्नियरले भने। यो समस्याको जड सिधै अमेरिकी राष्ट्रपतिसम्म पुग्छ। यो केवल सम्बन्धित व्यक्तिहरूका लागि मात्र नभई सम्पूर्ण समुदायका लागि चिन्ताको विषय हो।

जोन्सनका अनुसार कन्कर्डको अदालत सान फ्रान्सिस्कोको तुलनामा निकै सानो छ। यसलाई सान फ्रान्सिस्कोको चाप घटाउने सहयोगी अदालतका रूपमा बनाइएको थियो, सान फ्रान्सिस्को अदालतलाई नै विस्थापित गर्न होइन। सान फ्रान्सिस्कोमा पहिले हामी २१ जना न्यायाधीश थियौँ, जसमध्ये अहिले २ जना मात्र बाँकी छन्। कन्कर्डमा त्यति धेरै न्यायाधीश र मुद्दा धान्ने क्षमता छैन।

गैर-नाफामूलक टीआरएसीका अनुसार गत महिना १ लाखभन्दा बढी अध्यागमन मुद्दाहरू फछ्र्यौट गरिएका थिए, जुन इतिहासकै सबैभन्दा धेरै हो। मार्च र जुन महिनाको बीचमा देश निकालाको आदेशमा ३० प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ, शरण पाउने दर फेब्रुअरी २०२५ मा ३१ प्रतिशत रहेकोमा घटेर गत फेब्रुअरीमा इतिहासकै सबैभन्दा कम ५ प्रतिशतमा झरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com