प्रदेशहरुको उच्च अदालत कहाँ ?


प्रकाशित मिति : भाद्र २९, २०७३ बुधबार

सातवटै प्रदेशमा उच्च अदालतहरु रहने स्थानको टुंगो लागेको छ । सरकारले प्रदेश नम्बर १ को बिराटनगरमा, २ को जनकपुर र ३ को ललितपुरमा उच्च अदालत रहनेगरी टुंगो लगाएको हो । यस्तै प्रदेश नम्बर ४ को पोखरामा, ५ को दाङमा, ६ को सुर्खेतमा र ७ नम्बर प्रदेशको उच्च अदालत दिपायलमा रहनेछन् ।

यसअघि पुनरावेदन अदालत रहेका बाँकी ठाउँमा इजलास रहनेछ । यस्तै वीरगञ्ज र ओखलढुंगामा पनि इजलास राखिने भएको छ । यसअघि व्यवस्थापिका संसद्ले न्यायपालिकासँग सम्बन्धित तीन विधेयक पारित गरेपछि उच्च न्यायालयका लागि बाटो खुलेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com