न्युयोर्क घटनामा संलग्न व्यक्ति डिभीबाट अमेरिका, ‘डीभी’ प्रणाली रद्द गर्न ट्रम्पको आह्वान


प्रकाशित मिति : कार्तिक १५, २०७४ बुधबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार न्यूयोर्क शहरमा आठजनाको ज्यान जानेगरी भएको हमलापछि अमेरिकी प्रवेशाज्ञा कार्यक्रमको केही अंशमा परिवर्तन गर्न आह्वान गरेका छन्। ट्वीटरमा सन्देश लेख्दै उनले अमेरिका प्रवेश गर्ने विभिन्न उपाय मध्येको एक, चिट्ठा माफर्त प्रवेशाज्ञा प्राप्त गर्ने प्रकृयाको बदला आवेदकको सिप र दक्षताको आधारमा प्रवेशाज्ञा दिने प्रणाली लागु हुनु पर्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पले चिट्ठा मार्फत विशेष अमेरीकी प्रवेशाज्ञा, ग्रीन कार्ड, प्रदान गरिने “डाइभरसीटी भिसा (डीभी)” प्रणाली रद्द गर्न आह्वान गरेका छन्। ग्रीन कार्ड लटरी भनिने उक्त कार्यक्रम अन्तरगत हरेक वर्ष करिब ५० हजार आप्रवासीहरुलाई अमेरिकामा स्थायी बसोबास गर्ने अनुमति दिने गरिएको छ। त्यही प्रणाली मार्फत नै न्यूयोर्कमा भएको हमलाका संदिग्ध आक्रमणकारी अमेरिका प्रवेश गरेको उनको भनाई थियो।

सामाजिक संजालको वेबसाइट ट्वीटरमा विभिन्न सन्देशहरु लेख्दै राष्ट्रपति ट्रम्पले उक्त आप्रवसन कार्यक्रमको बदलामा दक्षतामा आधारित नयां प्रणाली लागु हुनु पर्ने बताएका छन्। तर अधिकारीहरुले मंगलबारको हमलाका ति संदिग्ध हमलाकारी सेफुलो साइपोभ कसरी अमेरिका प्रवेश गरेका थिए भन्ने विषयमा स्पष्ट पारेका छैनन्। राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेश गर्ने विदेशीहरुमाथिको छानविनलाई अझ बढाउन होमल्याण्ड सेक्युरीटी मन्त्रालयलाई निर्देशन दिने पनि बताएका छन्।

उज्बेकिस्तानबाट आएका आप्रवासी सेफुलो साइपोभले तीव्र गतिमा ट्रक चलाइ साइकल चालक र पैदलयात्रुहरुलाई किचेको बताइएको छ।
सो हमलामा कम्तीमा आठ जानको ज्यान जानुका साथै एघार जना घाइते भएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com