१५ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोललियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी, पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको हो ।
अब नयाँ मूल्यअनुसार पट्रोल प्रतिलिटर १०० रुपैयाँमा पाइने आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
यस्तै मट्टितेल र डिजेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । एलपी ग्यासको मूल्य पनि बढाइएको छ । अब ग्यास प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ पर्ने प्रवक्ता गोइतले जानकारी दिए ।
तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएर आयल निगमलाई पठाएको थियो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
त्यसैका आधारमा निगमले १५ दिनमा २२ करोड घाटा बेहोर्नुपर्ने भएपछि मूल्य समायोजन गरिएको निगमका प्रवक्ताले बताए । आज गरिएको मूल्य समायोजनबाट निगमलाई पाक्षिक १ करोड ९७ लाख फाइदा हुनेछ ।
आज बढाएको मूल्यअनुसार निगमलाई पेट्रोलमा लिटरमा ५।५० पैसा र मट्टितेलमा १६ रुपैयाँ २ पैसा फाइदा छ । डिजेलमा ७५ पैसा र ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ नोक्सान रहेको वीरेन्द्रले जानकारी दिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।