वैवाहिक समारोहमा विस्फोट हुदाँ १३ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक १६, २०७४ बिहीबार

वैवाहिक समारोह भइरहेको ठाउँमा विद्युत ट्रान्सफर्मर विस्फोटन हुदाँ भारतमा १३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक जना गर्भवती महिलासमेत रहेको प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

“चार जनाको घटनास्थलमै मृत्यु भयो,” स्थानीय एक प्रहरी अधिकारी रामेश्वर सिंहले एएफपीसँग भन्नुभयो । उहाँले थप्नुभयो, “हामीले घटनाको कारणका बारेमा जाँचबुझ गरिरहेका छौं ।”

विस्फोटनमा परी घाइते भएका वा पोलिएका मध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि सिंहले जानकारी दिनुभयो ।

Image result for 13 people died in india in wedding

स्थानीयबासिन्दाले ट्रान्सफर्मर मर्मत गर्न आफूहरूले पटक पटक विद्युतका कर्मचारीहरूलाई आग्रह गरेको भए पनि उनीहरूले कुनै वास्ता नगरेको बताएका छन् ।

विद्युत वितरण गर्ने र विद्युतको गति तथा मात्रालाई नियन्त्रण गर्ने एक प्रकारको यन्त्र वा विद्युत संजालको एक भागलाई ट्रान्सफर्मर भनिन्छ ।

भारतमा विद्युत प्रणालीमा भएको गडबडीका कारण धेरै दुर्घटना हुनेगरेको छ । विषेश गरेर विद्युतीय सामग्रीहरूको पर्याप्त र उचित मर्मत नहुनु तथा ग्रामीण क्षेत्रमा आवश्यकता अनुसारको बजेटको व्यवस्था नहुनुका कारण दुर्घटना हुनेगरेको बताइएको छ ।

गत सन् २०१५ मा मात्रै भारतमा विद्युतीय दुर्घटनाका कारण झण्डै दश हजार जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com