आतङ्कवादलाई परास्त गर्ने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता


प्रकाशित मिति : कार्तिक १५, २०७४ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै स्वरुपका भए पनि आतङ्कवादी क्रियाकलापलाई परास्त गरी छोड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अमेरिकाको म्यानहटनमा मङ्गलबार भएको आतङ्ककारी हमलापछि दिनुभएको प्रतिक्रियामा उहाँले सो कुराको प्रतिबद्धता व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।

संयुक्त राज्य अमेरिकाको स्थानीय समयानुसार मङ्गलबार दिउँसो लोअर म्यानह्याटनको एक सडकमा एकजनाले फुटपाथ र साइकल लेनमा ट्रक कुदाएर कम्तीमा आठजनाको ज्यान लिएको थियो ।

न्यूयोर्कको म्यानह्याटनमा गराइएको यस ट्रक आक्रमणलाई अमेरिकी अधिकारीहरुले आतङ्कवादी कार्य हो भनेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यूयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा ओसामा बिन लादेनको नेतृत्वको आतङ्ककारी संगठनबाट भएको हमलापछि आतङ्ककवादसँग सम्बन्धित घटनामा मान्छेहरुले ज्यान गुमाएको यो पहिलो पटक हो ।

न्यूयोर्कको प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनामा ११ जना गम्भीर घाइते भएका छन् । सो आतङ्ककारीलाई पछि प्रहरीले गोली हानेर पक्राउ गरेको अधिकारीहरुले बताएका छन् ।

उक्त आक्रमणपछि राष्ट्रपति ट्रम्पले आइएसलाई अब टाउको उठाउन नदिने र मध्यपूर्वबाटै उक्त आतङ्ककारी संगठन आइएसको अस्तित्व मेट्ने आफ्नो ट्वीटर अकाउन्टमा जनाउनुभएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com