सिक्किममा बन्यो पहिलो विमानस्थल


प्रकाशित मिति : कार्तिक १५, २०७४ बुधबार

१५ कात्तिक, गान्तोक । भारतको हिमाली राज्य सिक्किममा पहिलो विमानस्थल निर्माण सम्पन्न भएको छ ।

सन् २०१२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकामा पाँच वर्ष ढिलो गरी उक्त विमानस्थल तयार भएको हो ।

पाकयोङस्थित विमानस्थलको उद्घाटन ३० नोभेम्बरमा हुने सरकारी अधिकारीहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त विमानस्थल उद्घाटन गर्ने तयारी छ ।

सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ ७ नोभेम्बरमा नयाँदिल्ली जाने तयारीमा छन् । राज्यलाई अर्गानिक क्षेत्र बनाउन सफलता पाएका उनी १९ औं अर्गानिक सम्मेलनमा भाग लिन नयाँदिल्ली जान लागेका हुन् ।

पाकयोङ विमानस्थललाई विकासमा उनको अर्को सफलताका रुपमा हेरिएको छ । ९ सय ९० एकर्डमा फैलिएको विमानस्थल राजधानी गान्तोकबाट ३५ किमि टाढा पर्छ । त्यसको लागत तीन करोड भारतीय रुपैयाँ मात्र हो । र, समुद्री सतहबाट ४७ सय फिटको उचाइमा अवस्थित छ ।

उक्त विमानस्थललाई सिक्किमको पर्यटन प्रबर्द्धनमा कोशेढुंगाका रुपमा पनि हेरिएको छ ।

अहिले भारतभर जहाँ जानु परे पनि एक सय २४ किमि टाढास्थित बागडोगरा विमानस्थल पुग्नु पर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com