विश्वकप फुटबल: पूर्वविश्वविजेता स्पेन नकआउट चरणनजिक


प्रकाशित मिति : ७ असार २०८३, आइतबार

तस्बिर: एएफपी/रासस

फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गतको खेलमा पूर्वविश्वविजेता स्पेनले सहज जित निकालेको छ। समूह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियामाथि सहज जित दर्ता गरेको हो।

कतार विश्वकपमा अर्जेन्टिनालाई हराएर सनसनी मच्चाएको साउदी अरेबिया यस विश्वकपमा भने स्पेनसामु निरीह देखियो।

एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो। स्पेनले खेलको पहिलो हाफमा तीन गोल गर्‍यो भने दोस्रो हाफमा एक गोल उपहार पायो।

यस जितसँगै स्पेन दुई खेलबाट ४ अङ्क जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ। अब स्पेनले आफ्नो अन्तिम समूह चरणको खेल आगामी शनिबार उरुग्वेविरुद्ध खेल्नेछ।

यो जितले स्पेनको विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। यसै समूहमा रहेका उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक-एक अङ्क रहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com