काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशमा कांग्रेसको बहुमत हुंदा देश अधिनायकवादको चंगुलमा फस्ने गरेको विश्लेषण गरेका छन् ।
नेता रावलले एबीसीको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै देशमा स्थिर सरकार बनाएर आर्थिक सम्वृद्धिको बाटोमा अघि बढ्ने बाम गठवन्धनको मुख्य उद्धेश्य रहेको बताए । संविधानले ग्यारेन्टी गरेका वाक स्वतन्त्रता, बहुदलीय प्रतिस्पार्धा र आवधिक निर्वाचन जस्ता कुरामा कुनै पनि प्रकारको शंका नगर्न रावलले आग्रह गरे । चुनाव लगत्तै एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता हुने आधार तयार भइसकेको रावलको दावी छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।