चुनावी परिणामले एमालेसँगको एकता भाँडिदैनः प्रचण्ड


प्रकाशित मिति : कार्तिक १३, २०७४ सोमबार

१३ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनको परिणामले एमालेसँगको पार्टी एकतामा कुनै असर नगर्ने प्रष्ट पारेका छन् ।

भरतपुरमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समिति समेत बनिसकेकोले भन्दै एकता प्रक्रियामा शंका नगर्न अपील गरे ।

एमाले र माओवादीले गरेको वाम गठवन्धनले देश र जनताको हित गर्ने उनको दावी छ ।

विगतमा कांग्रेससँग गरिएको निर्वाचन केन्दि्रत तालमेल र अहिले एमालेसँग गरिएको गठवन्धन फरक भएको उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रचण्डले भने, ‘एमाले र माओवादीबीच गरिएको वाम गठवन्धन र एकता जो गरिएको छ यसमा बैचारिक र राजनीतिक अर्थ छ । यसको छुट्टै विषेशता छ । यो एकता कुनै ट्याक्टीक कुरा होइन् ।’

अध्यक्ष प्रचण्डले थपे- ‘देशमा धेरै पार्टी हुनुभन्दा कम पार्टी हुनु देश र जनतको आवश्यकता हो । यो प्रकृयाको शुरुवात हामीले गर्‍यौं, कांग्रेसमा पनि त्यो प्रक्रिया सुरु भएको छ, यो देश र जनताको हितमा छ ।’

अब निर्वाचन हुँदैन कि भन्ने संशय नरहेको भन्दै प्रचण्डले भने, ‘निर्वाचन आयोगले नै प्रत्यक्षतर्फको मतपत्र दुईवटा छाप्ने भएपछि निर्वाचन नहुने शंका रहेन ।’

चितवन क्षेत्र नम्बर ३ मा माओवादी तेस्रो स्थानमा छ कसरी निर्वाचन जित्नुहुन्छ ? भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘विगतको कुरा छाडौं, अब चितवनका जनताको विश्वासको मत लिएर देशको नेतृत्व गर्ने हो ।’

चितवन निर्वाचन क्षेत्र न. २ का विषयमा अध्यक्ष प्रचण्डले यो कुनै जटिल कुरा नभएको बताए । ‘आजै म एमाले अध्यक्ष केपी ओलीसँग भेट्दैछु । समयको चापले मात्रै निर्णय नभएको हो । आजैं टुंगो लाग्छ ।’ उनले भने ।

माडीको बाँदरमुडे घटनाका पीडितहरुका लागि आफुले सत्तामा हुँदा र नहुँदा भेटेको र राहात समेत दिएको उनले बताए । उनले अब फेरी माडी जाने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com