टाउको जोडिएका जुम्ल्याहामध्ये एक होसमा


प्रकाशित मिति : कार्तिक १३, २०७४ सोमबार

भारतमा टाउको जोडिएर जन्मिएका नाबालकको टाउको छुटाउन भएको शल्यक्रियाको चौथो दिन एक बालकले आँखा खोलेको उपचारमा संलग्न डाक्टरले बताएका छन्।

प्राध्यापक दिपक गुप्ताले बीबीसीसँग कुरा गर्दै जागा नाम गरेका बालकले आँखा खोलेको र सामान्य खालका प्रतिक्रियाहरु जनाएको बताएका हुन्।

जागा अहिले भेन्टिलेटरमा छन् र मृगौलामा समस्या देखिएकाले उनलाई दैनिक डायलाइसिस गर्नुपर्नेछ।

शल्यक्रिया

जागाका जुम्ल्याहा कालिया भने अझै होसमा आएका छैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुको शल्यक्रिया गत साता दिल्लीस्थित सरकारी अस्पतालमा भएको थियो।

दुई वर्षीया यी बालकहरुको टाउको छुटाउनका लागि डाक्टरहरुलाई १६ घण्टाभन्दा बढी समय लागेको थियो।

भारतमै पहिलोपटक भएको भनिएको यस किसिमको शल्यक्रिया ३० सदस्यीय डाक्टरहरुको समूहले गरेको थियो।

भारत, शल्यक्रिया, क्रेनियोपिगस, दिल्ली

विरलो अवस्था

डाक्टरहरुले बालकहरुमा देखिएको प्रगतिले आफूहरु निकै प्रसन्न भएको बताएका छन्।

पूर्वी भारतीय राज्य उडिसाको एउटा गाउँका यी जुम्ल्याहा जन्मिँदा उनीहरुको रक्तनली र मस्तिष्कका तन्तुहरु जोडिएका थिए।

क्रेनियोपिगस नामक अवस्थाका यी बालकमा देखिएको यस्तो किसिमको अवस्था प्रत्येक ३० लाखमध्ये एकमा देखापर्छ।

जसमध्ये ५० प्रतिशत शिशुहरु जन्मिएको २४ घण्टामा मृत्यु हुने गरेको डाक्टरहरुले बताएका छन्।

यी जुम्ल्याहाको पहिलो शल्यक्रिया अगष्ट २८ तारिखका दिन भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com