डनका लाइसेन्सप्राप्त हतियार खोस्दै प्रहरी


प्रकाशित मिति : भाद्र २९, २०७३ बुधबार

लाइसेन्सप्राप्त हतियार आपराधिक गतिविधिमा प्रयोग हुन थालेपछि प्रशासनले हतियारको लाइसेन्स रद्द गर्न थालेको छ । प्रहरीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले गुन्डागर्दीमा संलग्नको लाइसेन्सप्राप्त हतियार धमाधम खोस्न थालेको हो । ललितपुर प्रशासनले गत महिना पक्राउ परेका वीरेन्द्र महर्जनको हतियारको लाइसेन्स रद्द गरेको छ । गुन्डागर्दीको आरोपमा गत महिना महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको थियो । हतियार देखाएर उनले धम्क्याउने गरेको खुलेपछि लाइसेन्स रद्द गरिएको महानगरीय परिसर ललितपुर परिसरका एसएसपी पीताम्बर अधिकारीले बताए । उनका अनुसार हतियारको लाइसेन्स रद्द गरिएको यो पहिलोपटक हो ।

ललितपुर प्रहरीकै सिफारिसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि दुई गुन्डा नाइकेको हतियारको लाइसेन्स रद्दको प्रक्रिया सुरु गरेको छ । विश्वक्रान्ति सिंह र प्रकाश मालीको हतियारको लाइसेन्स रद्द गर्न सिफारिस गरिएको एसएसपी पीताम्बर अधिकारीले बताए ।

२३ चैतमा पक्राउ परेका सिंह हाल जेलमा छन् । उनको साथबाट अत्याधुनिक दुई हतियार र एक सय ५६ वटा गोली बरामद भएको थियो । पिएस ६४४६४ नम्बरको सर्टगन र यान लेखिएको ३७५ बोरको राइफल उनको निवासबाट प्रहरीले बरामद गरेको थियो । माली पनि ललितपुरमा लामो समयदेखि गुन्डागर्दीमा सक्रिय व्यक्ति हुन् । केही महिनाअघि ग्याङफाइटमा पक्राउ पर्दा उनीसँग लाइसेन्सप्राप्त हतियार भएको खुलेको हो ।

सिंह र मालीले लाइसेन्सप्राप्त हतियारकै आधारमा धम्क्याउने गरेको प्रहरीले जनाएको नयाँ पत्रिकामा खबर छ । ‘उनीहरूले सरकारबाट लाइसेन्सप्राप्त हतियारकै आधारमा अपराध गर्दै आएको पाइएपछि रद्द गर्ने प्रक्रिया सुरु गरेका हौँ,’ एसएसपी अधिकारी भन्छन्, ‘लाइसेन्सप्राप्त हतियारले समेत समाजमा आतंक फैलाउने गरेको देखियो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहुँच र दबाबमा लाइसेन्स

हातहतियार तथा खरखजना ऐनमा सुरक्षा थ्रेट भएको व्यक्तिहरूलाई मात्र हतियार राख्ने लाइसेन्स दिने व्यवस्था छ । यसका लागि असल चालचलन भएको प्रहरी रिपोर्ट आवश्यक पर्छ । तर, प्रहरी र जिल्ला प्रशासनबाटै सोर्सफोर्स र दबाबका आधारमा गुन्डागर्दीमा सक्रिय व्यक्तिहरूले हतियारको लाइसेन्स पाउने गरेको स्रोत बताउँछ ।

यसरी लाइसेन्स लिनेले नै हतियार देखाएर धम्क्याउने गरेको खुल्दै आएको छ । ‘राम्रो मान्छेलाई किन हतियार राख्नुपर्‍यो ?’ एक प्रहरी अधिकारी भन्छन्, ‘खराब व्यक्तिहरूलाई नै हतियारको आवश्यकता पर्छ ।’ कतिपयले सिकार खेल्नसमेत हतियारको लाइसेन्स लिने गरेका छन् ।

दुई वर्षअघि पक्राउ परेका महेश सिंहको घरबाट सातवटा लाइसेन्सप्राप्त हतियार प्रहरीले बरामद गर्‍यो । चर्काे ब्याजदरमा पैसा लगाउने र पैसा नतिरेपछि तिनै हतियार देखाएर उनले तर्साउने गरेका थिए । तर, प्रशासनले उनको हतियारको लाइसेन्स रद्द गरेन । एकजनाले पाँचवटासम्म मात्र हतियार राख्न पाउने कानुनी प्रावधान भए पनि सातवटा राख्दासमेत उनको हतियार खोसिएको थिएन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com