निगमको जहाजको पांग्रा सातामा दोस्रोपटक पङ्चर


प्रकाशित मिति : भाद्र २९, २०७३ बुधबार

मंगलबार अपराह्न दिल्लीबाट काठमाडौं आएको नेवानिको जहाजको टायर पड्किए पनि मानवीय तथा भौतिक क्षति भने हुन पाएन । जहाजमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत पनि थिए ।

काठमाडौं अवतरण गरेपछि धावनमार्गमा गुडिरहेको जहाजको टायरमा आगो देखिएपछि ग्राउन्ड स्टाफले विमानस्थल कन्ट्रोल टावर (एटिसी)लाई जानकारी दिएका थिए । एटिसीले जानकारी दिएपछि मात्र पाइलट विजय लामाले थाहा पाएका थिए । निगमका अनुसार त्यसपछि पाइलटले जहाजमा आएको समस्याका सम्बन्धमा यात्रुलाई जानकारी गराएर धैर्य रहन आग्रह गरेका थिए ।

जहाजमा खराबी आएको सूचना पाउनेबित्तिकै विमानस्थल व्यवस्थापनले यात्रुको उद्धारका लागि सवारीसाधनहरूको व्यवस्था गरिसकेको थियो । विमानस्थल सुरक्षा बललाई तयारी अवस्थामा राखिएको थियो । तर, त्यस्तो भवितव्य भएन ।

निगमको जहाजमा एक सातामा दोस्रोपटक खराबी आएको छ । आइतबार मात्रै दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको जहाजको पनि टायरमा खराबी आएपछि आकस्मिक अवतरण गर्नुपरेको थियो । सो जहाजको अहिले मर्मत भइरहेको नयाँ पत्रिकामा खबर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छानबिन समिति गठन

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमका जहाजका टायरमा आएको खराबी सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार सहसचिव सुरेश आचार्यको संयोजकत्वमा गठित ६ सदस्यीय समितिलाई १५ दिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्ने समयसीमा दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com