अमेरिकी राष्ट्रपति ट्रम्पलाई मार्ने धम्की दिने सरकारी  कर्मचारी पक्राउ


प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्की दिएको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन् । अभियोजनकर्ताहरूका अनुसार उनले आफ्नो कार्यस्थलको कम्प्युटर प्रयोग गरेर हत्या प्रयासको योजनाबारे अनुसन्धान गरेका थिए।

पक्राउ पर्नेमा ३५ वर्षीय डिन डेल्लेचिआई छन्। उनी संघीय उड्डयन प्रशासन (एफएए) का एक ठेकेदारका रूपमा न्यु ह्याम्पशायरमा कार्यरत थिए।

अनुसन्धानकर्ताहरूका अनुसार उनले इन्टरनेटमा “संघीय भवनमा कसरी बन्दुक लैजान सकिन्छ” भन्ने लगायत “म डोनाल्ड जोन ट्रम्पलाई मार्नेछु” जस्ता वाक्यहरू खोजेका थिए। पछिल्लो एक हप्तामा ट्रम्पविरुद्ध धम्कीका अन्य तीन मुद्दाहरू पनि दर्ता भएका छन्।

यसअघि पूर्व संघीय अनुसन्धान ब्युरो का निर्देशक जेम्स कोमीमाथि सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘सिपी’हरूको फोटोमार्फत धम्की दिएको आरोप लागेको थियो।

आरोपीलाई अदालतमा उपस्थित गराइने बताइएको छ। अभियोजनकर्ताहरूका अनुसार डेल्लेचिआईले उपराष्ट्रपति जेडी भान्स र रक्षामन्त्री पिट हेगसेथका परिवारबारे पनि जानकारी खोजेका थिए।

एफएए ले उनलाई कानुन कार्यान्वयन निकायमा रिपोर्ट गरेको थियो। उनले आफ्नो कार्यस्थलको कम्प्युटरबाट ‘खोज इतिहास’ मेटाउन सूचना प्रविधि विभागसँग अनुरोध गरेका थिए। एक गोप्य सेवा एजेन्टले ३ फेब्रुअरीमा उनको घरमै गएर सोधपुछ गर्दा उनले ती विषयहरू खोजेको स्वीकार गरेका थिए।

अभियोग अनुसार उनले प्रशासनप्रति असन्तुष्टि व्यक्त गर्दै निर्वाचन, राष्ट्रपति माफी र ‘एप्स्टिन फाइल्स’ जस्ता विषयले आफूलाई प्रेरित गरेको बताएका थिए। साथै, उनले आफूसँग तीनवटा बन्दुक रहेको पनि स्वीकार गरेका छन्।

२१ अप्रिलमा उनले व्यक्तिगत कम्प्युटरबाट ह्वाइट हाउसलाई “राष्ट्रपतिसँग सम्पर्क गर्नुहोस्” शीर्षकमा इमेल पठाएका थिए, जसमा उनले ट्रम्पलाई मार्ने चेतावनी दिएका थिए। दोषी ठहरिएमा उनलाई अधिकतम पाँच वर्षको जेल सजाय र २ लाख ५० हजार अमेरिकी डलरसम्म जरिवाना हुन सक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार पछिल्लो समय सार्वजनिक पदाधिकारीहरूलाई दिइने आपराधिक धम्कीहरू उल्लेखनीय रूपमा बढिरहेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com