पत्रकार मरहठ्ठाको संयोजकत्वमा नेट्जा अन्तराष्ट्रिय पुरस्कार छनोट समिति गठन


प्रकाशित मिति : कार्तिक ९, २०७४ बिहीबार

न्युयोर्क । पत्रकारितामार्फत नेपाल र अमेरिकाको पर्यटन प्रबद्र्धन गर्ने एक जना पत्रकारलाई नेपाल अमेरिका पर्यटन पत्रकार संघले सम्मान गर्ने भएको छ ।

२५ हजार पुरस्कार राशीसहितको नेट्जा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार २०१७ बाट एक पत्रकारलाई संघले सम्मान गर्न लागेको हो । न्युर्योक स्थित एबिसी टेलीभीजनका पत्रकार तथा हफिगंटन पोष्टका कन्ट्रिव्युटर किरण मरहठ्ठाको संयोजकत्वमा तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको छ ।

छनोट समितिका अन्य सदस्यहरुमा पत्रकार महासंघका सदस्य तथा नयाँपत्रीका दैनिकका पत्रकार टेकराज थामी र नेपाल व्रिटेन डटकम तथा नागरिक न्यूजका पत्रकार चिरन शर्मा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com