बसुन्धरामा बस र ट्याक्सी ठोक्किँदा एकको मृत्यु


प्रकाशित मिति : कार्तिक ९, २०७४ बिहीबार

काठमाडौं,कार्तिक ९ – वसुन्धारामा बस र ट्याक्सी ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ । बा ३ ख ९६९० नम्बरको यात्रुबाहक बस र बा १ ज ३८०८ नम्बरको ट्याक्सी एकापसमा ठोकिँदा सिन्धुली घर भएका ४० वर्षीय टेकबहादुर माझीको मृत्यु भएको हो ।

बुधबार राति तीव्र गतिमा गुडेको ट्याक्सी र बस ठोकिँदा पैदलयात्रु माझी गम्भीर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल लैजाने क्रममा निधन भएको थियो । महोत्तरीका उद्धव पौडेल र अर्को नाम नखुलेका व्यक्ति घाइते भएका छन् ।

घाइतेको ग्रिन सिटी अस्पताल वसुन्धारामा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । बस चालक र ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com