ओलीले जुराए प्रचण्ड र देवी ज्ञवालीको भेट


प्रकाशित मिति : कार्तिक ८, २०७४ बुधबार

८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई चुनाव जिताउनका लागि पार्टीभित्र सहज वातावरण बनाउन थालेका छन् ।

बुधबार विहानै उनले भरतपुर महानगरको मेयरमा प्रचण्डपुत्री रेणु दाहालसँग झिनो मतले पराजित एमाले नेता देवी ज्ञवालीलाई आफ्नै निवासमा बोलाएर प्रचण्डसँग भेटाएका छन् ।

मतपत्र च्यातेर आफूलाई राज्य संयन्त्र दुरुपयोग गरेर हराइएको भन्दै आएका ज्ञवाली एमालेका जिल्ला नेता रामप्रसाद न्यौपानेलाई लिएर बुधबार बिहान अध्यक्ष ओली निवासमा पुगेका थिए । स्रोतका अनुसार उनी त्यहाँ बोलाइएर गएका हुन्, जहाँ प्रचण्ड पनि थिए ।

प्रचण्डले गरे देवीको प्रशंसा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देवी ज्ञवालीलाई भेट्नासाथ माओवादी अध्यक्ष प्रचण्डले उनको आदर्श र निष्ठाको प्रशंसा गरेका थिए । ‘त्यस्तो परिस्थ्ितिको सामना गर्नुपर्‍यो तर पनि तपाई बिचलित हुनु भएन म तपाईबाट प्रभावित भएँ’ प्रचण्डको भनाइ उधृत गर्दै भेटका एक सहभागीले बताए ।

जवाफमा ज्ञवालीले भने आफू प्रचण्डलाई जिताउन तयार रहेको तर, एमालेलाई प्रयोगमात्र गर्ने रणनीति हो भने त्यो सम्भव नहुने बताएका थिए । पार्टी एकता ग र्ने हो भने प्रचण्डलाई जिताउन आफूहरु लाग्ने र प्रचण्ड उठ्ने क्षेत्रका दुवै प्रदेश क्षेत्र एमालेले पाउनुपर्ने बताए ।

ओलीले भने कुनै प्रतिक्रिया दिएनन् । ज्ञवालीलाई प्रचण्डसँग भेट हुँदैछ भन्ने जानकारी पनि थिएन ।

प्रचण्डको चुनावी कमाण्डर बन्न तयार

भरतपुरकाण्डले निकै तनावपूर्ण सम्बन्धबाट गुज्रिएको एमाले माओवादी सम्बन्ध केन्द्रमा निकै सुधार भए पनि चितवनमा ज्ञवालीले आलो चोट कसरी बिर्सेलान् भन्ने प्रश्न उठिरहेको बेला उनले आफू प्रचण्डको चुनावी कमाण्डर बन्न तयार रहेको बताएका छन् ।

पछिल्लो समय देवी ज्ञवालीले आफूलाई भरतपुरमा षडयन्त्रपूर्वक हराइएको बदला लिने भनेर चर्चा चलेपछि ओली र प्रचण्डलाई साक्षी राखेर उनले चुनाव जिताउने कसम खाएको भेटमा सहभागी कार्यकर्ताले बताए । उनले त्यसका लागि प्रचण्ड उठ्ने क्षेत्रका दुवै प्रदेश सभा सिट एमालेले पाउनुपर्ने ओली र प्रचण्डसँग माग गरेका छन् ।

ज्ञवालीले भने, ‘म राजनीतिक कार्यकर्ता हुँ, हिजो के भयो भन्ने कुरा समिक्षा गरौंला । तर, आज एमाले पार्टीले सिंगो देशको एकीकृत कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने अवसर आएको छ । म प्रचण्ड कमरेडको चुनावी कमाण्डर बनेर जिताउन तयार छु ।’

चितवन ३ मा प्रतिनिधिसभा सदस्य उम्मेवार बन्न लागेका प्रचण्डका लागि एमालेको मत नभई जित्न सम्भब छैन । त्यसमा पनि देवी ज्ञवालीको असहयोग हुँदा चुनाव चुनौतिपूर्ण हुने भएकाले रणनीतिक रुपमै उनलाई बालकोटमा बोलाएर छलफल गरिएको स्रोतको दाबी छ ।

ज्ञवाली पार्टीभित्र प्रभावशाली नेता त हुँदै हुन्, पछिल्लो पटक भरतपुरको मेयर उम्मेदवार बनेदेखि नै चर्चामा छन् ।

उनले चुनाव जित्ने लगभग निश्चित देखिएपछि वडा नम्बर १९ को गणना चलिरहेका बेला माओवादी कार्यकर्ता द्रोण शिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यातेका थिए । निर्वाचन आयोग र अदालतको लामो प्रक्रियापछि पुनः मतदान हुँदा ज्ञवाली करीव ३ सय मतले पराजित भए ।
उनले अदालत र निर्वाचन आयोग प्रयोग गरेर आफूलाई हराइए पनि जनताको मेयर आफैं भएको बताउँदै आएका थिए ।

प्रचण्ड र ओलीसँग संयुक्त भेटपछि ज्ञवालीले कांग्रेसले प्रचण्ड उम्मेदवार नबनुन् भनेर आफ्नोबारे गलत हल्ला चलाइएको बताए । उनले आफू प्रचण्डलाई जिताउन प्रतिबद्ध रहेको र पार्टीको निर्णय अनुसार अघि बढेको बताए ।

बालकोटमा फोटो सेसन

बालकोटमा ज्ञवालीले ओलीसँगै अलग्गै र प्रचण्ड सहित अलग्गै छलफल गरेका थिए । त्यहाँ जिल्लाको बस्तुस्थितिको बारेमा समेत छलफल भएको स्रो्तले जनाएको छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल प्रत्यक्ष चुनाव लड्ने भएपछि प्रचण्डको चुनावी कमाण्ड सम्भवतः देवी ज्ञवालीले सम्हाल्नेछन् ।

बालेकोटको भेटपछि प्रचण्ड र ओलीले देवी ज्ञवालीलाई बीचमा राखेर फोटो सेसन गरेका थिए । उनीसँग प्रचडपुत्र प्रकाशले पनि फोटो सेसन गर्दै बाम एकताले मिलन गराएको सन्देश सहितको पोष्ट गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com