इरान युद्ध थप चर्किएपछि यूएसएस त्रिपोलीसहित ३५०० अमेरिकी सैनिकहरू मध्य पूर्वमा


प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार

तस्वीर स्रोत : अमेरिकी सेन्ट्रल कमाण्डको एक्सबाट

इरान युद्ध थप चर्किएपछि अमेरिकाले मध्यपूर्वमा ठूलो सैन्य शक्ति पठाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार यूएसएस त्रिपोलीसहित करिब ३,५०० सैनिकहरू मध्य पूर्वमा आइपुगेका छन्। जसमा करिब २,५०० मरीन रहेका छन्।

यूएसएस ट्रिपोली, ट्रिपोली एम्फिबियस रेडी समूह र ३१औं मरीन एक्सपेडिशनरी युनिटको प्रमुख जहाजको रूपमा कार्यरत छ। यो जहाज ‘बिग डेक’ भनिने सबैभन्दा नयाँ एम्फिबियस युद्ध जहाज हो, जसले एफ-३५ स्टेल्थ फाइटर जेट, ओस्प्रे र अन्य विमान राख्न पर्याप्त स्थान दिन्छ। जहाज जापानमा आधारित थियो भने करिब दुई हप्ता अघि मध्यपूर्वमा तैनाती आदेश आएको थियो।

सेन्ट्रल कमाण्डले भने अनुसार, ट्रिपोलीले मरीनसहित यातायात र स्ट्राइक फाइटर विमानहरू तथा एम्फिबियस आक्रमण क्षमता ल्याएको छ। यूएसएस बॉक्सर र दुई अन्य जहाजहरू पनि स्यान डिएगोबाट क्षेत्रतर्फ पठाइएको छ।

सेन्ट्रल कमाण्डका अनुसार २८ फेब्रुअरीबाट सुरु भएको अपरेसन एपिक फ्युरीमा ११ हजारभन्दा बढी लक्ष्यहरूमा हमला गरिएको छ।

अमेरिकी सैनिकहरूको आगमन इरानले साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा ६ बलिस्टिक मिसाइल र २९ ड्रोन प्रहार गर्दा कम्तीमा १२ अमेरिकी सैनिक घाइते भएपछि भएको हो। जसमा दुई सैनिक गम्भीर घाइते छन्।

इरानी समर्थित हुथी विद्रोहीहरूले पनि मिसाइल प्रक्षेपण गरेर युद्धमा प्रवेश गरेका छन्। यदि हुथीहरूले फेरि रातो सागरको बाब अल-मन्डेब स्ट्रेटमा जहाजहरूलाई लक्षित गरे भने विश्वव्यापी समुद्री ढुवानीमा थप असर पुग्न सक्छ।

हुथी विद्रोहीहरूले नोभेम्बर २०२३ देखि जनवरी २०२५ बीच १०० भन्दा बढी व्यापारी जहाजहरूमा आक्रमण गरेका छन् । बाब अल-मन्डेब स्ट्रेट विश्वव्यापी व्यापारको करिब १२ प्रतिशत मार्ग हो। स्वेज कालोन मार्फत विश्वव्यापी समुद्री व्यापारको करिब १० प्रतिशत यातायात हुन्छ। साउदी अरेबियाले दैनिक लाखौं ब्यारेल कच्चा तेल बाब अल-मन्डेबमार्फत पठाउँदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com