एनआरएनबारे १० दिने विशेष बहस, नेपाली टेलिभिजनकै इतिहासमा पहिलो पटक


प्रकाशित मिति : कार्तिक ५, २०७४ आईतबार

एनआरएनएको आठौं ग्लोबल सम्मेलनको सन्दर्भमा एनआरएनबारे १० दिने विशेष बहस एबीसी टेलिभिजनमा प्रशारण भयो । अमेरिका निवासी पत्रकार किशोर पन्थी र कार्यक्रम प्रस्तोता सुनिता शर्माले विशेष बहस संचालन गर्नुभएको थियो । नेपाली टेलिभिजनकै इतिहासमा पहिलो पटक लगातार १० दिनसम्म विशेष बहस लाइभ प्रशारण गरिएको हो । कार्यक्रम टक अफ द टाउनको एनआरएन विशेषका रुपमा कार्यक्रम संचालन गरिएको थियो । यो ऐतिहासिक कार्यक्रमको प्रायोजन ल अफिस अफ केशवराज सेडाई न्युयोर्क, क्षेत्री एण्ड एसोसिएट्स पीसी न्युयोर्क, सातदोबाटो नजिक अत्याधुनिक अपार्टमेन्टहरु निर्माण गरेको क्लासिक डेभलपर्स र बेष्ट फाइनान्स प्राइभेट लिमिटेडले गरेका थिए भने मिडिया पार्टनरका रुपमा कारोबार दैनिक र खसोखास साप्ताहिकले सहयोग गरेका थिए ।

कार्यक्रमको पहिलो दिन एनआरएनए र नेपालका राजनीतिक दलबीचको सम्बन्धबारे नेपाली काँग्रेस सम्बद्ध जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टसँगको बहस लाइभ प्रशारण भयो ।

कार्यक्रमको दोश्रो दिन एनआरएनए आईसीसीका तीन उपाध्यक्ष उम्मेदवारहरु कुमार पन्त, कुल आचार्य र सोनाम लामासँगको बहस प्रशारण गरियो । जसमा कुल आचार्य र कुमार पन्त निर्वाचित भए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

कार्यक्रमको तेश्रो दिन एनआरएनए आईसीसीका संथापकहरु तथा पूर्व अध्यक्ष जीवा लामिछाने र उपेन्द्र महतोसँगको बहस प्रशारण गरियो ।

कार्यक्रमको चौथो दिन एनआरएनए आईसीसीका संथापक रामप्रताप थापा र चर्चित एनआरएन अभियन्ता लोकतिवारीसँगको बहस प्रशारण गरियो । एनआरएन डे को अवशरमा प्रशारित यो बशस विशेष थियो ।

कार्यक्रमको पाँचौं र छैठौं दिन दिन एनआरएन अभियन्ता तथा उपाध्यक्ष र अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजक उम्मेदवारहरु खगेन्द्र जीसी र श्री पराजुलीसँगको बहस प्रशारण गरियो ।

यो बहसको छुट्टै भिडियो पनि पनि छिट्टै युट्युबमा उपलब्ध हुनेछ ।

कार्यक्रमको सातौं दिन एनआरएनए सम्मेलनको उद्घाटन भयो । यो अवशरमा अध्यक्षका उम्मेदवारहरु भवन भट्ट र टीबी कार्की लगायतको कुराकानी प्रशारण गरियो ।

कार्यक्रमको आठौं दिन एनआरएनए अभियन्ताहरु विश्व शाह र संजय थापासँगको कुराकानी प्रशारण गरियो । उनीहरुले एनआरएनए सम्मेलनमा देखिएको कमजोरी लगायतका विषयमा समेत अनभुव राखे ।

कार्यक्रमको नवौं दिन एनआरएन अभियन्ताहरु प्रेमकुमार श्रेष्ठ र शिवकुमार राईसँगको कुराकानी प्रशारण गरियो । यो भिडियो छिट्टै अपलोड गरिनेछ । कार्यक्रमको दशौं दिन १० दिनसम्मको कार्यक्रमको समिक्षाका साथै पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जिवा लामिछाने, वर्तमान नवनिर्वाचितअध्यक्ष भवन भट्ट र नवनिर्वाचित उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यको भनाईसँगै कार्यक्रमको समापन गरियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com