२६ जना जुवाडे पक्राउ


प्रकाशित मिति : कार्तिक ४, २०७४ शनिबार

रुपन्देही तिलोत्तमा नगरपालिका—५ कैलासपथस्थित स्थानीय मनिष अधिकारीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले आज बिहान छापा मार्दा २६ जनाको जुवाडे समूहलाई पक्राउ गरेको छ ।

खानतलासी गर्दा उनीहरुबाट रु. नौ लाख ४६ हजार १९५ सहित कौडा १६ थान र तास बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रवन भट्टराइले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com