दीपावलीको लागि पाला तयार पार्दै र बेच्दै प्रजापति समुदाय
प्रकाशित मिति : कार्तिक १, २०७४ बुधबार

दीपावली(लक्ष्मीपूजा) नजिकिँदै गर्दा भक्तपुर दरबार क्षेत्र वरिपरि (पोटरी स्क्वायर)का प्रजापति समुदायलाई अहिले पाला (माटोको दियो) बनाउने चटारो छ।
तिहारको विशेष रौनक भनेकै तिहारमा बालिने भिलिमिली बत्ती हो। मैनबत्ती र विद्युतीय बत्तीको खपत बढे पनि लक्ष्मीपूजाका दिन परम्परागत रूपमा बालिने दियोको महत्त्व विशेष छ। त्यसैले अहिले पनि परम्परागत दियोकाे अाकर्षण उत्तिकै छ।