अक्टोबर ३ देखि १० सम्म डिभी भरेकाहरुको आवेदन रद्द, भोलिदेखि पुन भर्नसक्ने


प्रकाशित मिति : आश्विन ३१, २०७४ मंगलबार

अमेरिकी डिभी लोटरी प्रणालीमा प्राविधिक गडबडी आएपछि सन् २०१९ का लागि अक्टोबर ३ देखि १० सम्म भरिएका डिभी लोटरीका आवेदनहरु रद्द गरिएको छ । प्राविधिक गडबडी आएपछि अमेरिकी सरकारले डिभी लोटरीका लागि नयाँ मिति तोकेको छ ।

अमेरिकी पूर्वीय समय अनुशार अब भोलि अर्थात् बुधबार अक्टोबर १८ को मध्यान्हबाट डिभी लोटरी भर्न सकिने छ । नोभेम्बर २२ सम्म डिभी लोटरी भर्न सकिने जनाइएको छ । अक्टोबर ३ देखि १० सम्म डिभी लोटरी भरेकाहरुको आवेदन वैधानिक नमानिने भएकाले उनीहरुले पुन डिभी लोटरी भर्न सक्ने जनाइएको छ । अक्टोबर १८ देखि नोभेम्बर २२ सम्म भरिएका डिभी लोटरीका आवेदनमात्र स्वीकृत गरिने भएकाले अक्टोबर ३ देखि १० सम्म आवेदन भरेकाहरुलाई कन्फर्मेशन नम्बर र अन्य कागजात मिल्काउन अमेरिकी सरकारले सुझाव दिएको छ ।

प्राविधिक गडबडी आएपछि डिभी लोटरी भर्ने समय पनि बढाइएको छ । यसअगाडि नोभेम्बर ७ सम्ममात्र डिभी लोटरी भर्न सकिने जनाइएको थियो । अब भने दुई साता थपिएको छ ।

डिभी लोटरी भर्ने अमेरिकी सरकारको वेवसाइटमा अक्टोबर १० देखि गडबडी आएको थियो । न्युयोर्क समय अनुशार अक्टोबर १० को दिउसो ३ बजेर २० मिनेट जाँदा वेवसाइटमा खराबी आएको थियो भने अहिलेसम्म पनि डिभी लोटरीको वेवसाइट संचालनमा छैन । डिभी लोटरीको प्रणालीमा यस अगाडि पनि गडबडी आएको थियो । सन् २०१२ को डिभी लोटरीको परिणाममा गडबडी आउँदा परिणाम नै पुन प्रकाशन गर्नुपरेको थियो । सन् २०१२ का लागि डिभी भरेकाहरुमध्ये सुरुका दुई दिनमा भरेकाहरुमात्र छनौट भएपछि रिजल्ट नै खारेज गरेर पुन नयाँ रिजल्ट निकालिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com