राष्ट्रपति ट्रम्पले अमेरिकी शहरहरूमा नेशनल गार्ड तैनाथ गर्दा ३४० मिलियन डलरभन्दा बढी खर्च


प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार

अमेरिकी सेनाका सैनिकहरूलाई देशभरका शहरहरूमा परिचालन गर्दा ३४० मिलियन डलरभन्दा बढी खर्च भएको खुलाशा छ। अमेरिकी सिनेटर टामी डकवर्थले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेट नेतृत्व भएका शहरहरूमा नेशनल गार्ड परिचालन गर्दा ठूलो रकम खर्च भएको जानकारी दिएकी हुन् ।

ट्रम्पले वाशिंगटन डी.सी., लस एन्जलस, शिकागो, ओरेगन र मेम्फिस, टेनेसीमा नेशनल गार्ड परिचालन गरेका थिए। तर, केही परिचालनहरू कानुनी चुनौतीको कारण रोकिएका छन्। डकवर्थका अनुसार अहिलेसम्म परिचालनमा ३४१ दशमलव ३ मिलियन डलर खर्च भइसकेको छ, जसमा मेक्सिकोसँगको सीमामा परिचालित सैनिकको खर्च समावेश छैन। उनले खर्चको जानकारी ट्रम्प प्रशासनबाट प्राप्त गरेकी हुन्।

ट्रम्पले वेस्ट भर्जिनियाका नेशनल गार्डका दुई सदस्यमाथि गोलीकाण्ड भएपछि वाशिंगटनमा ५०० थप सैनिक पठाएका थिए। उनले लस एन्जलस, शिकागो र पोर्टल्यान्डमा पनि सैनिक परिचालनको बचाउ गर्दै यो आप्रवासन नियन्त्रण अभियानको क्रममा उत्पन्न हिंसात्मक अशान्ति रोक्न आवश्यक रहेको बताएका थिए ।

त्यो क्षेत्रमा डेमोक्रेटिक नेताहरूले सैनिक परिचालन रोक्न मुद्दा दायर गरेका छन्। क्यालिफोर्नियाको संघीय न्यायाधीशले लस एन्जलसमा सैनिक परिचालन समाप्त गर्न आदेश दिँदै सैनिकहरूलाई राज्यको गभर्नरको नियन्त्रणमा फर्काउन निर्देशन दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com