न्यू जर्सीका कार्यवाहक संघीय अभियोजक अवैधानिक ठहर 


प्रकाशित मिति : मंसिर १५, २०८२ सोमबार

appeal court new jersey

अमेरिकाको न्यू जर्सीका कार्यवाहक संघीय अभियोजक अलिना हब्बाको नियुक्तिलाई अदालतले अवैधानिक ठहर गरेको छ । 

अमेरिकी अपिल अदालतको यो फैसलाले राज्यभरका थुप्रै फौजदारी मुद्दाहरूमा असर पर्ने सम्भावना रहेको देखिएको छ। 

अमेरिकी अपिल अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्व व्यक्तिगत वकिल अलिना हब्बा न्यू जर्सीका शीर्ष संघीय अभियोजकको रूपमा अवैधानिक रूपमा कार्यरत रहेको ठहर गरेको हो । 

राष्ट्रपति ट्रम्पले यस वर्ष हब्बालाई यूएस अटर्नी पदका लागि चयन गरेका थिए । तर, जिल्ला अदालतले उनको नामांकन अस्वीकृत गरेपछि ट्रम्प प्रशासनले उनलाई कार्यवाहक रूपमा काम गर्न मिल्ने पदमा राखेको थियो। 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, अपिल अदालतका न्यायाधीशहरूले यस्तो प्रक्रियाले संघीय रिक्तता सुधार ऐन लाई उल्लङ्घन गरेको ठहर गरिदिएका छन । 

हब्बा केही साताभित्रै अवैधानिक ठहर गरिएका ट्रम्पले नियुक्त गरेका दोस्रो संघीय अभियोजक हुन्। 

हब्बाको नियुक्तिलाई चुनौती दिने वकिल एबे डेविड लोवेल, गेरी क्रोभाटिन र नर्म आइजेनले अपिल अदालतले पहिलोपटक राष्ट्रपति ट्रम्पले कानुनी तथा संवैधानिक प्रक्रियालाई कुल्चेर मन परेको व्यक्तिलाई यस्ता पदमा राख्न नसक्ने ठहर गरेको उल्लेख गरेका छन । 

४१ वर्षीया हब्बा पहिलोपटक २०२१ मा ट्रम्पको निजी कानुनी टोलीमा सामेल भएकी थिइन् । उनी ट्रम्पसँग न्यू जर्सीको बेडमिन्स्टर गल्फ क्लब मा भेट भएपछि कानुनी टोलीमा प्रवेश गरेकी थिइन्।

हब्बाले गत वर्ष न्यूयोर्कमा ट्रम्पको हश मनी मुद्दामा समेत प्रतिनिधित्व गरेकी थिइन् । हब्बालाई न्यू जर्सीका यूएस अटर्नीको भूमिकामा राख्नु अघि ट्रम्पले उनलाई आफ्नो दोस्रो प्रशासनमा राष्ट्रपति सल्लाहकार बनाउने घोषणा गरेका थिए।

यो निर्णयपछि न्यू जर्सीका संघीय फौजदारी मुद्दाहरू हेर्ने नयाँ अभियोजक खोज्न न्याय मन्त्रालय बाध्य भएको छ । 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com