अमेरिकी सेनालाई कमजोर पार्नेगरी ‘फेक न्यूज’ नबनाउन हेगसेथको आग्रह


प्रकाशित मिति : मंसिर १३, २०८२ शनिबार

अमेरिकी रक्षामन्त्री पीट हेगसेथ । तस्बिर : रासस/ एपी

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले क्यारिबियन सागरमा भएको सैन्य कारबाहीमा सबै मानिसलाई मार्ने आदेश दिएको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले ती आरोपहरूलाई भ्रामक समाचार (फेक न्यूज) भन्दै आलोचना गरेका छन्।

उनले डुंगामा रहेका मानिसहरूलाई लक्षित गरी गरिएका प्रहारहरू “अमेरिकी तथा अन्तर्राष्ट्रिय दुवै कानुनअनुसार वैध” रहेको दाबी गरे।

हेगसेथले अमेरिकी सैनिकहरूलाई बदनाम गर्न बनाइएका मनगढन्ते, उत्तेजक र अपमानजनक रिपोर्टहरू भएको भन्दै आलोचना गरे। उनले अमेरिकी सैनिकको मनोबल कमजोर बनाउने गरी गलत समाचार (फेक न्यूज) नबनाउन पनि आग्रह गरेका छन्।

केही वर्तमान तथा पूर्व अमेरिकी अधिकारी र विशेषज्ञहरूले ट्रम्प प्रशासनद्वारा क्यारिबियन सागरमा गरिएका मिसाइल प्रहारहरू गैरकानुनी हुनसक्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म ८० भन्दा बढी मानिस मारिइसकेका छन् र कम्तीमा २२ वटा डुंगाहरूलाई निशाना बनाइएको छ।

यसअघि, अमेरिकी सरकारले लागू औषध तस्करीमा संलग्न डुंगाहरूलाई रोकेर तस्करहरूलाई पक्राउ गरी अदालतमा पेस गर्दै आएको थियो।

ट्रम्प प्रशासनले क्यारिबियन सागरका सबै डुंगामा रहेका व्यक्तिलाई ड्रग तस्कर भन्दै आएको छ। उनीहरू प्रायः भेनेजुएलाको ग्याङ “ट्रेन दे आरागुआ” का सदस्य भएको दाबी गर्दै अमेरिकाले यो आरोप लगाउँदै आएको हो।

हेगसेथले सामाजिक सञ्जालमा लेखेका छन्, “आक्रमणको उद्देश्य घातक ड्रगहरू रोक्नु, नार्को डुंगाहरू नष्ट गर्नु, र अमेरिकीहरूलाई विष दिने नार्को–आतङ्ककारीहरूलाई मार्नु हो।” उनले थपेका छन्, “हामीले मारेका प्रत्येक तस्कर आतङ्कवादी सूचीमा परेको सङ्गठनसँग सम्बन्धित छन्।”

यस वर्ष ट्रम्प प्रशासनले ट्रेन दे आरागुआलाई आतङ्कवादी सङ्गठन घोषणा गरेको थियो। प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पनि ‘कार्टेल दे लोस सोलेस’ नामक तस्करी सञ्जालका प्रमुखको रूपमा आरोप लगाएको छ।

भेनेजुएलासहित केही देशहरूले क्यारिबियन सागरमा भएका अमेरिकी हमलाहरूलाई ‘न्यायिक प्रक्रिया बिना गरिएको हत्या’ भन्दै आपत्ति जनाउँदै आएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com