अमेरिकादेखि नेपाल आउनुको उद्देश्य यौन दुराचार !


प्रकाशित मिति : भाद्र २७, २०७३ सोमबार

नब्बे दिनको पर्यटक भिषामा भदौ ७ मा नेपाल भित्रिएका अमेरिकी केनेथ जोसेफ कमबसले पहिलो सम्पर्क काठमाडौंका लुच्चे भन्ने बुद्ध पुतवारलाई गरे। उनको भ्रमणको मुख्य उद्देश्य पूरा गर्ने आधार लुच्चेबाहेक अन्य कोहीसँग थिएन। उमेरले ४८ पुगेका कमबस नेपाल आउनुको उद्देश्य बालकसँग यौन दुराचार गर्नु थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार ठमेलको होटल याम्बुको एक कोठामा कमबसलाई ११ वर्षदेखि १४ वर्ष उमेरका तीन बालकसँग आपत्तिजनक अवस्थामा फेला पारेपछि उनको भ्रमणको रहस्योदघाटन भएको हो। ब्युरोको नियन्त्रणमा रहेका कमबसले सुरुमा आफू सम्मानित व्यक्ति भएको भन्दै प्रतिकारसमेत गरे। ब्युरोले होटलबाट समातिएका तीनसहित आठ बालक र कमबसलाई बालक उपलब्ध गराउने लुच्चेलाई पनि हिरासतमा लिएपछि मात्र उनी सामान्य भए।

‘कमबसको नेपाल भ्रमण यसै (बाल यौन दुराचार) का लागि रहेछ, ऊ एक्लो नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ, हामी सञ्जालको खोजीमा जुटेका छौं,’ ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले नागरिकसँग भने। उनका अनुसार कमबसजस्तै थुप्रै विदेशी र नेपालीलाई पनि लुच्चेले बालक उपलब्ध गराउँदै आएका थिए। नेपाल आउने बाल यौन दुराचारी विदेशीको पहिलो सम्पर्क व्यक्ति लुच्चे भएको सिलवालले बताए।

इलिनोइसका बासिन्दा बताउने ५१७८१७११२ नम्बरको अमेरिकी राहदानी भएका कमबसले आफू ‘एप डेभलोपर’ भएको ब्युरोका अधिकारीसँग बताएका छन्। ब्युरोले नियन्त्रणमा लिएको कमबसको मोबाइल र ल्यापटपमा उनले बालकहरूसँग गरेका कुर्कमका तस्बिर र भिडियो पाइएका छन्। ‘उनले आफूलाई प्राविधिक भनेपछि शंका लागेर मेटाएका डाटा रिकभर गर्दा धैरे प्रमाण फेला परेको छ, कुर्कमका तस्बिर र भिडियो रिकभर भएका छन,’ ब्युरोका एसपी दिवेश लोहनीले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्युरोले नियन्त्रणमा लिएका आठैजना बालकलाई आइतबार काठमाडौं जिल्ला अदालतको इजलासमा पेस गरेर बयान प्रमाणित गराएको छ। उनीहरूले इजलास समक्ष केही वर्षदेखि आफूहरूसँग भइरहेका घटनाक्रमबारे बयान दिएको जानकारी एसपी लोहनीले दिए।

ब्युरोका अनुसार लुच्चेले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप र दोलखासम्म पुगेर विभिन्न प्रलोभनमा पार्दै बालक काठमाडौं ल्याउने गरेका थिए। उनले स्वयम्भूस्थित डेरामा राखेर बालकलाई तयार पारेपछि विदेशीको मागअनुसार उनीहरूले भनेको स्थानमा पुर्‍याउँथे। ‘लुच्चेले गाँउमा गएर सहरमा लगेर पढाउने, जागिर लगाइदिने र पैसा दिने भनेर बालक ल्याउने अनि काठमाडौं ल्याएपछि माग भएको स्थानमा पुर्‍याउने गरेको पाइयो,’ डिआईजी सिलवालले भने।

दुराचारीको सञ्जाल

यौनदुराचारको एकमात्र उद्देश्य बनाएर नेपाल आउने विदेशीको सख्या ठूलो हुनसक्ने अनुमान ब्युरोको छ। सामान्य लुच्चेको आर्थिक अवस्था एकाएक अकासिएको र उनको सम्पर्क विवरणले ब्युरो झस्किएको छ। लुच्चेले एक प्रकारले बन्धक बनाएका बालकहरूलाई मागअनुसार दिनहुँ जसो कतै न कतै पुर्‍याउने गरेको अनुसन्धानबाट देखिएको छ। ब्युरोका अनुसन्धान अधिकारीका अनुसार नेपाल आएर बालकसँग यौन दुराचार गरेर फर्कने विदेशीले आफ्ना साथीभाइलाई यसबारेमा जानकारी गराउने गरेको अनुसन्धानले देखाएको छ। दुराचारका लागि लागुऔषध र मदिरा

ब्युरोले नियन्त्रणमा लिएका बालकहरूले यौन दुराचारमा आनकानी गरे विदेशीले मदिरा र केही औषधि खुवाउने गरेको बताएका छन। दुराचारका क्रममा घाइते र अशक्त हुने उनीहरूलाई अस्पताल लैजाने र सन्चो भएपछि पुनः माग भएकै स्थानमा पठाउने काम लुच्चेले गर्थै। हरेक पटकको दुराचारपछि लुच्चेले बालकहरूलाई केही नगद र लत्ताकपडा दिन्थे। ‘आफूले पनि आगुऔषध खाने र बालकहरूलाई पनि खुवाउने गरेको पाइयो, नियन्त्रणमा लिइएका बालकहरूलाई परामर्शको आवश्यकता देखेका छौं,’ एसपी लोहनीले भने।

पर्यटन व्यवसायी पनि शंकाको घेरामा

ब्युरोका प्रारम्भिक अनुसन्धानमा काठमाडौंका प्रचलित केही पाँचतारेदेखि नगरकोट, धुलिखेल, ककनी र थानकोटका रिर्सोटसम्म लुच्चेले बालकलाई यौन दुराचारका लागि पुर्‍याउँदै आएको खुलेको छ। ठमेलमा रहेका होटल र नाम चलेका टुर अपरेटरसम्मको अप्रत्यक्ष संलग्नता यसमा पाइएको ब्युरोले जनाएको छ। डिआईजी सिलवालका अनुसार विदेशीसँग पैसा लिएर केही ठूला पर्यटन व्यवासायी पनि यो धन्दामा संलग्न रहेको प्रमाण ब्युरोले फेला पारेको छ।

‘विदेशीलाई बालक उपलब्ध गराउन मासिक लाखौं डलरसम्मको कारोबार भइरहेको छ, मात्र बाल यौन दुराचारका लागि नेपाल आउनेको सख्या पनि ठूलो छ, यसमा ठूलो सञ्जाल सक्रिय छ,’ सिलवालले भने। उनका अनुसार होटलमा बसेका विदेशीको कोठामा पटकपटक फरक फरक बालक गइरहनु र होटलका कर्मचारी मौन रहनु रहस्यमय छ। उनले भने, ‘यो समस्या सबैको हो, कलिला बालकमाथि भइरहेको अपराध रोक्न सबैको सहयोग अनिवार्य छ, यस्तो अपराध गर्नेलाई ब्युरोले छोडदैन।’

ब्युरोले काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुराचार मुद्दाअन्तर्गत कमबस र लुच्चेलाई ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

को हुन कमबस?

अमेरिकाको इन्डियाना प्रहरीले फरार यौनदुराचारीको सूचीमा करिब पाँचवर्ष अघि राखेको विवरण र शुक्रबार ब्युरोले पक्राउ गरेका केनेथ जोसेफ कमबसको विवरण एकै छ। सन् २०११ मा राखिएको सो विवरणमा कमबसको तस्बिर समेत मिल्छ। ब्युरोका अधिकारीका अनुसार यस विषयमा अनुसन्धान भइरहे पनि पुष्टि भने हुनसकेको छैन। अमेरिकाले यौनदुराचारमा फरार भनिएका कमबस र पक्राउ व्यक्ति एउटै भएनभएको विषयमा खोजी भइरहेको ब्युरोका डिआईजी सिलवालले बताए।

कमबसको सामाजिक सञ्जाल फेसबुकबाट उनी बारम्बार नेपाल आउने र फर्कने गरेको खुल्छ। उनले सन् २०१३ पछि पटकपटब नेपालका विभिन्न स्थानको भ्रमण र विभिन्न व्यक्तिसँग भेटघाट गरेका तस्बिर आफ्नो फेसबुक वालमा पोस्ट गरेका छन्। नेपालमा दसै र तिहारसमेत मनाएका तस्बिर उनको वालमा छन्। बर्दिया, पोखरा र चितवनमा उनी वर्षपिच्छे जाने गरेको उनको वालले पुष्टि गरेको छ। प्रायः फोटोमा उनी बालकको समूहमा देखिन्छन्। नेपाल र भारत भ्रमणका बेला बालकसँग खिचाएका फोटाले उनको वाल भरिएको छ। उनले भियतनाममा पनि बालबालिकासँगै खिचाएका तस्बिर वालमा राखेका छन्। स्रोत : नागरिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com