चुनावी हस्तक्षेप सम्बन्धि ट्रम्प विरुद्धको मुद्दा जर्जियामा पनि खारेज


प्रकाशित मिति : मंसिर १०, २०८२ बुधबार

सन् २०२० मा अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा दायर गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको मुद्दा अन्ततः जर्जियामा पनि खारेज भएको छ। यससँगै राष्ट्रपति ट्रम्पमाथि भइरहेको अन्तिम कानुनी कारबाही पनि समाप्त भएको छ।

उनी विरुद्ध जो बाइडेनसँगको आफ्नो पराजय उल्ट्याउने प्रयास गरेको आरोपमा मुद्दा दायर गरिएको थियो।प्रारम्भिक अभियोजक हटाइएपछि मुद्दालाई अगाडि बढाएका पीटर स्कान्डालाकिसले न्यायाधीश स्कट म्याकफीलाई दर्ता गरेको निवेदनमार्फत मुद्दा खारेज गर्न अनुरोध गरेका थिए।

ट्रम्पका वकिल स्टिभ साडोले यो निर्णयलाई राष्ट्रपतिको विरुद्ध भएको “राजनीतिक उत्पीडनको अन्त्य” भनेका छन्।यससँगै ट्रम्पमाथि लागेका चारवटा आपराधिक मुद्दामध्ये अन्तिम मुद्दा पनि बन्द भएको छ। चारमध्ये केवल एकमा मात्रै मुद्दाको सुनुवाइ भएको थियो, जसमा ट्रम्प दोषी ठहरिएका छन्।

जर्जियाको अपिल अदालतले फुल्टन काउन्टीकी जिल्ला अटर्नी फानी विलिसलाई विशेष अभियोजकसँगको प्रेमसम्बन्धका कारण मुद्दाबाट हटाएको थियो। सन् २०२० मा जर्जियामा करिब पाँच मिलियन (५० लाख) मत खसेको थियो, जसमा बाइडेनले झन्डै १२,००० मतले जीत हासिल गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प र उनका सहयोगीहरूले परिणाम अस्वीकार गरेका थिए। जर्जिया चुनाव उल्ट्याउने प्रयासको मुख्य केन्द्रबिन्दु बनेको थियो। जनवरी २०२१ मा वाशिंगटन पोस्टले ट्रम्प र जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्गरबीचको फोन वार्ताको अडियो सार्वजनिक गरेको थियो।

त्यसमा ट्रम्पले भनेका थिए, “म केवल ११,७८० भोट फेला पार्न चाहन्छु, जुन हाम्रोभन्दा एकले बढी हो। किनभने हामीले यो राज्य जित्यौं।”विलिसले यसैपछि ट्रम्पका गतिविधिहरूको छानबिन सुरु गरिन् र विशेष ग्रान्ड जुरी गठन गरिन्।

अगस्ट २०२३ मा दायर गरिएको अभियोगमा ट्रम्पसहित १८ जनाले चुनावी परिणाम उल्ट्याउने षड्यन्त्र र राज्य अपराधहरू गरेको आरोप लगाइएको थियो ।सन् २०२४ मा केही आरोपहरू पहिले नै खारेज भइसकेका थिए।

विलिस हटाइएपछि नयाँ अभियोजकले यस्तो जटिल मुद्दा सम्हाल्ने सम्भावना कम थियो। साथै, सन् २०२४ मा ट्रम्प पुनः राष्ट्रपति बनेपछि सन् २०२९ सम्म मुद्दा रोकिएका कारण मुद्दा खारेज हुनु आश्चर्यजनक नभएको कानुनी विशेषज्ञहरुले बताएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com