व्हाइट हाउस प्रेस सेक्रेटरीकी नातेदार नै आइसद्वारा पक्राउ


प्रकाशित मिति : मंसिर १०, २०८२ बुधबार

ब्राजिल मुलकी ब्रुना क्यारोलिन फरेरालाई आइसले बोस्टनबाट प्रक्राउ गरेको र पक्राउ पर्ने ती महिला ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करोलिन लेभिटको नातेदार भएको सार्वजनिक भएको छ । अहिले ती महिलालाई अमेरिकी कस्टम एण्ड इन्फोर्समेन्ट एजेन्सीको हिरासतमा राखिएको छ ।

फरेराकी वकिल टोड पोमरलेउले दिएको जानकारी अनुसार, ती महिलालाई नोभेम्बर १२ मा पक्राउ गरिएको थियो ।

लेभिटको भतिजा जन्मिएदेखि नै आफ्ना बुबा, लेभिटका भाइ माइकलसँग न्यु ह्याम्पशायरमा स्थायी बसोबास गर्दै आएकी ती महिलालाई गैरकानुनी रुपमा अमेरिका बसेको अभियोगमा पक्राउ गरिएको हो ।

होमल्याण्ड सेक्युरिटीका प्रवक्ताले सन् १९९९ मा पर्यटक भिजाको समाप्तीपछि देश छाड्नुपर्नेमा उनले त्यसो नगरी बसिरहेकी थिइन् । “फरेरामाथि पहिले पनि कुटपिटको आरोपमा पक्राउ गरिएको थियो । उनी हाल देश निकालाको प्रक्रियामा छिन्,” ती प्रवक्ताले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फरेराका वकिलले उनले पहिले डिभर्ड एक्सन चाइलहुड अराइभल्सको सुविधा लिएको बताए, जसले सानोमा अमेरिका ल्याइएकाहरूलाई देश निकाला हुनबाट अस्थायी सुरक्षा प्रदान गर्छ। हाल उनी अमेरिकी नागरिकताका लागि कानूनी अध्यागमन प्रक्रियाको बीचमा रहेकी छिन् ।

फरेरालाई न्यु ह्याम्पशायरबाट आफ्ना छोरालाई लिन जाँदै गर्दा पक्राउ गरिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com