अमेरिकामा यो वर्ष भएका विद्यालय गोलीकाण्डमा २७ को मृत्यु, १०० भन्दाबढी घाइते
प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार
अमेरिकामा यो वर्ष भएका विद्यालय गोलीकाण्डमा २७ जनाको मृत्यु भएको छ । ७० वटा विद्यालयमा भएका गोलीकाण्डमा परेर २७ जनाको मृत्यु भएको हो । घटनामा १०० भन्दा बढी घाइते भएका छन ।
यो वर्षको २५ नोभेम्बरसम्मको तथ्यांक अनुसार ७० वटा विद्यालयमा गोलीकाण्ड भएका हुन । तीमध्ये ४१ विश्वविद्यालय तथा कलेज परिसरमा र २९ घटना कक्षा–१२ सम्मका विद्यालयहरू भित्र वा वरपर भएका घटनाहरू भएका गन भाइलेन्स आर्किभले जनाएको छ ।
विद्यालय तथा प्रहरीका विवरण र अन्य सञ्चारमाध्यममा प्रकाशित सामग्रीसँग मिलान गरी यी घटनाको पुष्टि भएको हो ।बालविहारदेखि विश्वविद्यालयसम्मका सबै शैक्षिक क्षेत्रभित्र भएका सबै प्रकारका गोलीकाण्डहरू यसमा समावेश हुन्छ । शूटर बाहेक कम्तीमा एकजनामाथि गोली चलेको छ भने यसको रेकर्ड राख्ने गरिएको छ ।
विद्यालय क्षेत्र भनेको भवन मात्र नभई खेलमैदान, पार्किङ, स्टेडियम, बसजस्ता स्थान पनि समावेश हुन्छन।अनिच्छित रूपमा चलेका गोलीका घटना पनि यो तथ्याङ्कमा समावेश गर्ने गरिएको छ ।
कोभिड–१९ महामारीको पहिलो वर्षमा विद्यालयहरू बन्द हुँदा विद्यालय परिसरमा हुने गोलीकाण्डहरू घटेका थिए ।तर पछिल्ला वर्षहरूमा विद्यालय गोलीकाण्ड तीव्र रूपमा बढेका छन्।
२०२१ देखि २०२४ सम्मका सबै वर्षले २००८ पछि सबैभन्दा बढी घटना भएको वर्षका रूपमा रेकर्ड कायम गरेका छन । २०२४ मा मात्र कम्तीमा ८३ घटना भएका थिए ।
तर २०२२ सबैभन्दा घातक वर्षहरूमध्ये एक थियो । घटनामा ४७ जनाको मृत्यु भएको थियो ।सोही वर्ष टेक्ससको उवाल्डेस्थित रोब एलिमेन्टरी स्कुलमा भएको नरसंहारमा १९ विद्यार्थी र २ शिक्षकको हत्या भएको थियो । दर्जनौं घाइते भएका थिए।
विद्यार्थी र शिक्षकहरूले विद्यालयमा बढ्दो बन्दूक हिंसाविरुद्ध आवाज उठाउँदै आएका छन् । केही शिक्षकले त बन्दुक हिंसाकै कारण पेशा नै त्यागेका छन्।दक्षिणी राज्यहरूले २००८ पछि जनसंख्याको तुलनामा सबैभन्दा उच्च विद्यालय गोलीकाण्ड दर देखाएका छन् ।
वाशिंगटन डीसी र टेक्सासमा गोलीकाण्डका सबैभन्दा धेरै घटना देखिएको छ । मोन्टाना, वायोमिङ, न्यु ह्याम्पसायर, भर्मन्ट र रोड–आइल्यान्डमा यो अवधिभर कुनै विद्यालयमा गोलीकाण्डका घटना नभएको पाइएको छ ।








