बेलायतको नयाँ शरणार्थी नीति: स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने


प्रकाशित मिति : कार्तिक २९, २०८२ शनिबार

बेलायतमा शरणार्थीहरू अर्थात आश्रय पाएका व्यक्तिले स्थायी बसोबासका लागि अब २० वर्ष कुर्नुपर्ने भएको छ।

आश्रय नीतिमा ठूलो परिवर्तन गर्दै बेलायतले आश्रय पाउने मानिसहरूले स्थायी बसोबासको लागि आवेदन दिन २० वर्षसम्म प्रतीक्षा गर्नुपर्ने व्यवस्था ल्याएको हो।

साना डुङ्गामार्फत हुने अनियमित समुद्री पार तथा बढ्दो शरणार्थी दाबीलाई कम गर्ने उद्देश्यले बेलायतले यो नीति कडा बनाएको हो।

अहिले आश्रय पाएका व्यक्तिलाई ५ वर्षको ‘रेफ्युजी स्टाटस’ दिइन्छ र त्यसपछि उनीहरूले स्थायी बसोबासका लागि आवेदन दिन सक्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब सरकारले यो ५ वर्षको अवधि घटाएर २.५ वर्षमा सीमित गर्ने योजना बनाएको छ। यसपछि शरणार्थीहरूको स्थिति नियमित रूपमा पुनरावलोकन गरिनेछ।  

पुनरावलोकनमा उनीहरूको मूल देश सुरक्षित ठहरिएमा घर फर्कन भनिनेछ। स्थायी बसोबासका लागि प्रतीक्षा: नयाँ नीतिअनुसार स्थायी रूपमा बस्न पाउन चाहनेले २० वर्षसम्म अस्थायी रूपमा बस्नुपर्नेछ।

यो नीति धेरै हदसम्म डेनमार्कको प्रणालीसँग मिल्दोजुल्दो छ। त्यहाँ शरणार्थीहरूलाई २ वर्षे अस्थायी अनुमति दिइन्छ र म्याद सकिँदा पुनः आश्रयको प्रक्रिया दोहोर्याउनुपर्छ।

कयौँ लेबर सांसदहरू यस कठोर नीतिसँग सहमत छैनन्। रिफ्युजी काउन्सिलका प्रमुख कार्यकारी एनभर सोलोमनले यस्तो नीतिले “युद्ध, यातना वा अत्याचारबाट ज्यान जोगाउन भागेकाहरूलाई रोक्न नसक्ने” टिप्पणी गरेका छन्। उनले यस योजनालाई “कडा र अनावश्यक” भनेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com