गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका बालकका अभिभावकहरू तस्करीको आरोपमा पक्राउ पर्दै


प्रकाशित मिति : कार्तिक २९, २०८२ शनिबार

अमेरिकामा ट्रम्प प्रशासनले बालबालिकालाई बोकेर सीमा पार गराउने अभिभावकहरूलाई पक्राउ गर्न थालेको छ।

यो लक्षित अभियानलाई कडा बनाउँदै प्रशासनले थुप्रै व्यक्तिहरूलाई पक्राउ गरिसकेको बताएको छ।

शिकागोस्थित (डे–केयर) मा एकजना महिलालाई ‘आइस’ ले पक्राउ गरेपछि यो घटना बाहिर आएको हो। पक्राउपछि स्थानीयमा आक्रोश समेत भडकिएको देखिन्छ।

ट्रम्प प्रशासनले सुरु गरेको यो नयाँ कठोर नीति सार्वजनिक भएपछि सीमा पार गराउन रकम तिरेका अभिभावक र अभिभावक–जस्तै व्यक्तिहरूले कारबाहीको सामना गर्नुपरिरहेको छ। धेरै पक्राउ पनि परिसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो महिनाको सुरुतिर ‘आइस’ ले १६ र १७ वर्षका दुई छोराहरू अमेरिका–मेक्सिको सीमा पार गरी आएपछि उनीहरूकी आमा डियाना पेट्रिसिया सान्टिलाना गालियानोलाई बाल तस्करीको आरोपमा पक्राउ गरेको छ।

दुवै छोराहरू स्वास्थ्य तथा मानव सेवा विभाग  को संरक्षणमा शिकागो क्षेत्रको एक शरणार्थी गृहमा राखिएका थिए।

छोरासँग आमाको पुनर्मिलन हुनुपर्नेमा उल्टै आमामाथि नै तस्करीको आरोप लगाएर पक्राउ गरेपछि सन्त्रास फैलिएको छ।

ट्रम्प प्रशासनले बाइडेन शासनकालमा साथीविहीन बालकहरूको सङ्ख्यामा भएको वृद्धिलाई आधार बनाउँदै महिनौँदेखि ती सबै बालकका अभिभावक तथा प्रायोजकहरूलाई कारबाहीको दायरामा ल्याउन थालेको छ।

यसै वर्ष थालिएको दुई छुट्टाछुट्टै अभियानमार्फत करिब ३,००० जना अभिभावक, अभिभावकको रूपमा जोडिएका व्यक्ति वा सम्भावित अभिभावक पक्राउ परेका छन्।

डीएचएसका अनुसार यी पक्राउहरू धेरैजसो बाल तस्करी वा तस्करीसम्बन्धी घटनासँग जोडिएका छन्।

ट्रम्प प्रशासनका अधिकारीहरूले यसलाई “सरल तर प्रभावकारी” कठोर कदमका रूपमा देखेका छन्। प्रशासनले यसलाई मानव तस्करी रोक्ने मानवीय कदम का रूपमा प्रस्तुत गर्न खोजिरहेको छ।

अधिकारीहरूले यसलाई रोक्ने कठोर सजाय नहुँदासम्म बालकहरूलाई तस्करी गरेर ल्याउने कार्य रोक्न नसकिने बताएका छन्।

यस सन्दर्भमा, फ्लोरिडाबाट सुरु भई देशव्यापी विस्तार हुँदै गएको “यू–ए–सी सेफ्टी भेरिफिकेसन इनिसियटिभ” अन्तर्गत स्थानीय प्रहरीसँग मिलेर बालकहरूको घरमा ‘वेलफेयर चेक’ (कल्याणकारी जाँच) गरिने भएको छ।

गैरकानुनी रूपमा बसिरहेका वा तस्कर प्रयोग गरेका वा आपराधिक इतिहास भएका प्रायोजकहरूलाई प्रत्यक्ष रूपमा पक्राउ गर्ने निर्देशन दिइएको छ, जसले गर्दा थुप्रै बालकहरू पुनः सरकारी हिरासतमा पर्न थालेका छन्।

‘आइस’ ले यस वर्ष ‘वेलफेयर चेक’ को नाममा सयौँ बालक सरकारी हिरासतमा पुनः लगेको छ। डीएचएसले दिएको तथ्याङ्कअनुसार ४५० भन्दा बढी प्रायोजकहरू पक्राउ परेका छन्।

कसै-कसैको आपराधिक इतिहास छ भने केहीको (अरूको) अपराध केही छैन, तर उनीहरू कागजी रूपमा गैरकानुनी मात्र हुन्।

तथ्याङ्कले बाइडेन कालको अन्त्यतिर महिनामा ५,००० भन्दा बढी बालकहरू प्रायोजककहाँ पठाइने गरेको देखिन्छ। तर ट्रम्प प्रशासन आएपछि यो सङ्ख्या सेप्टेम्बरमा झरेर ११८ मात्र भएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com