नर्थ क्यारोलाइनामा आप्रवासी विरुद्धको पक्राउ अभियान सुरु गर्ने ट्रम्प प्रशासनको तयारी


प्रकाशित मिति : कार्तिक २७, २०८२ बिहीबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकामा ट्रम्प प्रशासनले नर्थ क्यारोलाइनामा कागजातविहीन आप्रवासीहरू विरुद्ध पक्राउ अभियान सुरु गर्ने तयारी गरेको छ।

ट्रम्प प्रशासनको नयाँ अध्यागमन (इमिग्रेशन) कारबाहीको लक्ष्य नर्थ क्यारोलाइनाको शार्लट सहर हुने अधिकारीहरूले बताएका छन्। त्यहाँ ट्रम्प प्रशासनले अध्यागमन कानुनलाई कडा रूपमा लागू गर्दै ठूलो सहर शार्लटमा सङ्घीय एजेन्सीहरूको तैनाथी सुरु गर्न लागेको छ।

मेकलेनबर्ग काउन्टीका शेरिफ ग्यारी म्याकफ्याडेनले यो अभियान शनिबारदेखि सुरु हुन सक्ने बताएका छन्।

शेरिफका अनुसार दुई सङ्घीय अधिकृतहरूले यू.एस. कस्टम्स एन्ड बर्डर प्रोटेक्सन (सीबीपी) का एजेन्टहरू सहरमा पठाउने योजनाको पुष्टि गरेका छन्। तर, कार्ययोजना भने सार्वजनिक गरिएको छैन। उक्त अभियानमा स्थानीय प्रहरी वा शेरिफको कार्यालयलाई संलग्न गराइएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले आगामी कारबाहीबारे टिप्पणी नगर्ने बताएको छ। डीएचएसले दैनिक रूपमा कानुन लागू गर्ने तर सम्भावित भविष्यका कारबाहीबारे जानकारी नदिने बताएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलस, शिकागो तथा वाशिङ्गटन डीसी जस्ता डेमोक्र्याट–शासित सहरमा सेना र अध्यागमन अधिकारी पठाउने आफ्नो रणनीतिको बचाउ गर्दै यसलाई अपराध नियन्त्रण र “ध्वंसात्मक निर्वासन नीति” लागू गर्न आवश्यक भएको बताएका थिए।

शार्लट पनि डेमोक्र्याटहरूको गढ मानिन्छ। सहरमा १ लाख ५० हजार (१.५ लाख) भन्दा बढी विदेशी–जन्मेका नागरिक बसोबास गर्छन्।

यस वर्ष शार्लटको लाइट–रेलमा युक्रेनी शरणार्थी इरिना जारुत्स्काको हत्या भएको घटनालाई ट्रम्प प्रशासनले डेमोक्र्याट–नियन्त्रित सहरहरू असुरक्षित भएको प्रमाणका रूपमा प्रस्तुत गर्दै आएको छ।

समुदायका नेताहरू, धार्मिक समूह तथा स्थानीय अधिकारीहरूले आप्रवासी समुदायलाई सचेत गराउन, स्रोत–साधन उपलब्ध गराउन र डर कम गर्न अभियान सुरु गरिसकेका छन्।

शार्लट–मेकलेनबर्ग पुलिस डिपार्टमेन्टले उनीहरूसँग सङ्घीय अध्यागमन कानुन लागू गर्ने अधिकार छैन र यो अभियानमा संलग्न नहुने बताएको छ।

शिकागोमा सङ्घीय कारबाहीको नेतृत्व गरेका एजेन्सी प्रमुख ग्रेगरी बोभिनो यतिबेला नै शार्लटलाई लक्ष्य बनाउने सङ्केत दिइरहेका थिए।

ट्रम्प प्रशासनको “अपरेशन मिडवे ब्लिट्ज” सेप्टेम्बरमा शिकागो क्षेत्रबाट सुरु भएको थियो, जसमा ३ हजार २०० भन्दा बढी मानिसलाई अध्यागमन उल्लङ्घनको आरोपमा पक्राउ गरिएको थियो।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com