एनआरएन अमेरिकाका अध्यक्ष पौडेलको नेतृत्वमा नक्कली प्रतिनिधि दर्ता


प्रकाशित मिति : आश्विन ३०, २०७४ सोमबार

फर्जी मत र ब्यापक जालसाजीबाट चुनाव जितेका एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलले एनआरएन आईसीसीको चुनावमा पनि फर्जी गरेको भेटिएको छ । एनआरएनएको आठौं महाधिवेशनमा मत खसाल्ने मतदाताहरुको दर्तामा घुसपैठ गरी नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएको अनलाइनखबरले जनाएको छ ।

पौडेलको नेतृत्वमा एनआरएन अमेरिकाले स्वीकृत गरी पठाएको अन्तिम सूचीमा नामै नभएका ६० जना प्रतिनिधि दर्ता गरेको भेटिएको जनाइएको छ । पौडेल लगायतले आईसीसी केही पदाधिकारी र सचिवालयका एक कर्मचारीलाई समेत प्रभावित पारी नक्कली प्रतिनिधिको दर्ता गरेको पुष्टि भएको छ ।

फर्जी सूची दर्ता गरेको अभियोगमा दर्ता प्रक्रियामा संलग्न एक कर्मचारीलाई निलम्बन गरिएको जनाइएको छ । शनिबार दर्तास्थलबाट एकाएक हराएका ती कर्मचारीले होटलको कोठामा गई ल्यापटपबाट नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com