एनआरएनए अध्यक्षमा भवन भट्ट र टीबी कार्कीको उम्मेदवारी


प्रकाशित मिति : आश्विन ३०, २०७४ सोमबार

आज हुने एनआरएनएको चुनावमा अध्यक्ष पदका लागि भवन भट्ट र टीबी कार्कीको उम्मेदवारी दर्ता भएको छ । हिजो दिउसोदेखि उम्मेदवारी दर्ताको क्रम सुरु भएपनि आज विहानसम्म दुईजनाकोमात्र उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएका जमुना घलेले भने आज विहानसम्म उम्मेदवारी दर्ता गराउनुभएको छैन ।

उम्मेदवारी दर्ताको समय साढे १० बजेसम्म थपिएकाले त्यतीबेलासम्म केही थप उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउने अपेक्षा गरिएको छ । विहान साढे ११ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने साढे १२ बजेसम्म उम्मेदवारको नाममा दावी विरोध गर्न पाइनेछ ।

त्यस्तै साढे १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । ३ बजेदेखि ८ बजेसम्म चुनाव हुने र चुनाव सकिएको १ घण्टापछि मतगणना हुने जनाइएको छ । राती १० बजेसम्म मतपरिणाम सार्वजनिक भइसक्ने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com