एनआरएनको मार्गदर्शक प्रस्ताव ‘भिजन २०२० एण्ड बियोण्ड’ सर्बसम्मत रुपमा पारित


प्रकाशित मिति : आश्विन २९, २०७४ आईतबार

काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाको आगामी मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हाँसिल गर्न बिभिन्न संरचनागत सुधार गर्ने प्रस्ताव गरिएको छ ।

जसअन्तर्गत हाल अध्यक्षमा रहेका केही जिम्मेवारी उपाध्यक्ष लगायतका पदाधिकारीमा बाँड्ने, सचिवालयलाई बलियो बनाउने, संघ अन्तर्गत बिभिन्न बिभागहरु सिर्जना गरी ती बिभागलाई भिन्नभिन्न पदाधिकारीले नेतृत्व गर्ने लगायतका प्रस्ताव गरिएको छ ।

यसैगरी नीति पैरवीका लागि पोलिसी इस्टिच्यूट स्थापना गर्ने र परोपकारी कामका लागि फाउण्डेसन स्थापना गर्ने प्रस्ताव गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिदेशमा रहेका नेपालीहरुलाई सो फाउण्डेसनमा रकम सहयोग गर्न सहज हुनेगरी बिदेशमा समेत एउटा फाउण्डेसन स्थापना गर्ने प्रस्ताव गरिएको छ ।

आइतबार सुरु भएको संस्थाको बन्दसत्रमा अध्यक्ष घलेले सो प्रस्ताव र त्यसअन्तर्गत तयार गरी संरचनाको मार्गचित्र पेश गरेका थिए ।
सो प्रस्तावमाथि धारणा राख्दै संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले समयअनुकुल संस्थामा सुधार र परिवर्तन जरुरी रहेको भन्दै यो

मार्गचित्रमा धेरै राम्रा प्रस्ताव आएको बताए । संघको भिजन र संरचनाका सन्दर्भमा सबै प्रस्तावहरु उत्कृट रहेको भन्दै आफ्नो पूर्ण सर्मथन रहेको जनाए ।

यसैगरी संघका पूर्वअध्यक्ष जीवा लामिछानेले पनि संस्थाको सुधारका लागि ल्याइएको यो प्रस्ताव समयसापेक्ष रहेको बताए । अघिल्लो सम्मेलनहरुमा आफूले बिरोध गरेको भए पनि आजको छलफलबाट सबै प्रष्ट भएको हुँदा यसलाई अनुमोदन गर्नुपर्ने लामिछानेको भनाई थियो । पोलिसी इन्स्टिच्यूट निर्माण गर्ने, संघ अन्तर्गत फाउण्डेसन स्थापना गर्नेलगायतका प्रस्ताव आफूलाई निकै मन परेको उनले बताए ।

संघका पूर्व अध्यक्ष देवमान हिराचनले एनआरएनलाई संस्थागत गर्ने बिषयमा यो भिजन उत्कृष्ट रहेको बताए । यसलाई तत्कालै कार्यान्वयनका लागि अगाडि बढाउनुपर्ने उनको भनाई थियो ।

हलमा सहभागी सबैजसो प्रतिनिधिले भिजन २०२० एण्ड बियोण्डले संस्थाको प्रष्ट मार्गचित्र देखाएको र अब यसलाई हाँसिल गर्न यो भिजनले दिएको सुझावअनुसारका संरचना बनाउनुपर्ने बताए । छलफलमा केही प्रतिनिधिहरुले सुझाव पेश गर्दै प्रस्तावलाई सम्बृद्ध बनाउन ती सुझाव समावेश गर्न अनुरोध गरेका थिए ।

अन्त्यमा संघका अध्यक्ष शेष घलेले उठेका प्रश्नमाथि जवाफ दिएपछि हलले एकमतले सो प्रस्तावलाई अनुमोदन गरेको छ ।

यसअघि सो प्रस्तावमाथि संघका पूर्वअध्यक्ष लामिछाने र संस्थापक अध्यक्ष महतोले सार्वजनिकरुपमा बिरोध गरेको भए पनि साधारणसभाको हलमा प्रस्तावको खुलेर प्रसंशा गरे ।

योसँगै अब संघलाई पुनर्संरचना गर्न एनआरएनलाई साधारणसभाले पूर्ण म्याण्डेट प्राप्त गरेको छ ।

संघको जारी आठौं साधारणसभा अन्तर्गत अब भोलि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने छ । संघको अध्यक्षमा जमुना गुरुङ, भवन भट्ट र टीवी कार्कीले उम्मेदवारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com