एनआरएनए आईसीसी उपाध्यक्षमा खगेन्द्र जीसीको उम्मेदवारी दर्ता


प्रकाशित मिति : आश्विन २९, २०७४ आईतबार

एनआरएनए आईसीसीमा उपाध्यक्ष पदका लागि खगेन्द्र जीसीले औपचारिक रुपमा उम्मेदवारी दर्ता गराएका छन् । जीसीले आज निर्धारित समय सुरुहुनासाथ एनआरएनएको निर्वाचन आयोग समक्ष उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज दिउसो ३ बजेदेखि भोलिविहान ८ बजेसम्मको समय तोकेको छ ।

नेपाल सरकारका लागि विश्भरबाट एकमात्र एनआरएन सल्लाहकार रहेका जीसी एनआरएन आईसीसीको नागरिकताको निरन्तरतासम्बन्धि टास्कफोर्सका को चेयर हुन् । सन् २०१४ मा जीसी एनआरएन अमेरिकाको अध्यक्षमा निर्वाचित समेत भएका थिए । अमेरिकामा वकालत गर्ने पहिलो नेपाली वकिल जीसी लामो समयदेखि सामाजिक सेवामा लागिपरेका छन् ।

काठमाडौंमा जारी एनआरएनको आठौं ग्लोबल सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएकाले नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेको छ । भोलि विहान साढे ९ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ । साढे ९ बजेदेखि साढे १० बजेसम्म उम्मेदवारको मनोनयन उपर दावी विरोध गर्न सकिनेछ । उम्मेदवारी फिर्ता लिने समय र छानविनको लागि भोलि विहान साढे ११ बजेसम्मको समय तोकिएको छ । भोलि दिउसो १२ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ ।

त्यसपछि भोलि दिउसो १ बजेदेखि ६ बजेसम्म मदतान हुनेछ । मतदान सम्पन्न भएको १ घण्टापछि मतगणना गरिनेछ र भोलि बेलुका ८ बजे मतपरिणाम घोषणा गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com