सहमति र सहकार्यका लागि तयार छु


प्रकाशित मिति : आश्विन २९, २०७४ आईतबार

-गौरी जोशी

केही साता अघि एनआरएन अमेरिकाको अध्यक्ष उम्मेदवारका क्रममा मैले अमेरिका वस्ने नेपालीका लागि एनआरएन अमेरिका हुनुपर्छ भन्ने लगायतका मुद्दाहरु अगाडी सारेको यहाहरुलाई सर्वविदितै छ । एनआरएन अमेरिका नेपालीका लागि अप्ठ्यारो पर्दा सहयोग गर्ने संस्था वनाउनुपर्छ भनेर मैले आफुलाई अध्यक्ष उम्मेदवार घोषणा गरेको थिएं । विवाद होइन, एनआरएन अमेरिका सवै समुदायले विश्वास गर्ने सस्था हुनुपर्छ भन्ने पक्षमा म सधैं थिएं र छु ।

नियमअनुसार मैले उम्मेदवारी दिदां पनि कायम नहुदां अदालतसम्म जानु पर्यो । त्यसवेला पनि म सहमति र सहकार्यका लागि तयार भएको वताउंदै आएको थिएं । अमेरिका भरी २ सय जना भन्दा वढी उम्मेदवार, १५ हजार मतदाता भएको अवस्थामा मेरो कारणले निर्वाचन प्रकृया रोकिनु हुदैंन भनेर अन्यायमा परेको अवस्थामा पनि मैले अदालतवाट मुद्दा फिर्ता लिएको थिएं । सहमति र सहकार्यमै वढ्न मैले केन्द्रिय उपाध्यक्ष कुमार पन्तज्यू को उपस्थितिमा एनआरएन अध्यक्ष डा केशव पौडेलसंग उम्मेदवारी फिर्ता लिने सहमति गरेको थिएं । त्यसवेला पनि उहांहरु लगायत समुदायको कयौं साथिहरुको भनाई तपाई एनआरएन अभियानमा वाहिर जानु हुदैंन भन्ने थियो । सम्पर्कमा आउनुहुने सवैले मलाई एनआरएन संस्थावाट वाहिर नजान सुझाव दिईरहनु भएको थियो ।

यस विचमा मैले एनआरएनएको केन्द्रिय नेतृत्वतहसंग सम्पर्क गर्ने मौका पनि पाएं । उहांहरुले पनि मलाई सकृय रुपमा एनआरएन अभियानमा सहभागी हुन सल्लाह र सुझाव दिनु भयो । यही सल्लाह र सुझावलाई मनन गर्दै मैले काठमाडौमा अक्टोबर १४- १७ एनआरएनए विश्व सम्मेलनमा अमेरिकाज क्षेत्रका लागि क्षेत्रिय संयोजक (आरसी) पदमा उम्मेदवारी दिने निर्णय लिएको छु ।

अमेरिकामा नेपाली समुदायको गतिविधिमा मैले सधैं साथ दिदैं आए छु । प्रत्येक महिना एउटालाई गर्दै अमेरिकाका विभिन्न शहरमा वन्ने क्रममा रहेका सामुदायिक भवन निमार्णमा सहयोग दिदैं आएको छु । अव आउने दिनमा यो दायरालाई फराकिलो पार्दै अमेरिका क्षेत्रमा पर्ने मेक्सिको, क्यानडा लगायतका देशमा वस्नु हुने नेपाली समुदायका गतिविधिलाई पनि समेट्ने म यहांहरुलाई जानकारी गराउन चाहान्छु ।
अहिलेपनि मेरो उम्मेदवारी समुदायको हितका लागि नै हो ।

भौगोलिक दायरा अलि फराकिलो भएको छ । मेक्सिको, अमेरिका, क्यानडा लगायत अमेरिकाज क्षेत्रमा वसोबास गर्ने हामी नेपाली समुदाय विच अझ वढी निकटताको खांचो छ । एक आपसमा सुचना, सहयोग र सहकार्य वढाउनु अहिलेको आवश्यकता हो भन्ने मलाई लागेको छ । समुदायको हितका लागि हामी सवै एक भएर अघि जान सकिन्छ । यसमा म यस क्षेत्रमा वस्ने सवै नेपाली समुदायको सुझावका लागि पनि अनुरोध गर्छु । अमेरिकाज क्षेत्रमा वस्नुहुने सवै नेपाली समुदाय, विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं जानुहुने प्रतिनिधिज्यूहरु लगायत सवैलाई मेरो क्षेत्रिय संयोजक ९आरसी० पदमा उम्मेदवारीलाई सहयोग र समर्थन गर्न अनुरोध गर्छु । यहाहरुले मलाई तपाईहरुकै माझ रहेर काम गर्ने अवसर दिनुहुने छ भन्नेमा विश्वस्त छु ।

अन्तिममा म सधै सहमति र सहकार्यका लागि तयार रहेको पुन प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com