‘सहमतिको प्रयास गर्दैछौं’ – श्री पराजुली, अमेरिका क्षेत्रीय संयोजक उम्मेदवार, एनआरएनए


प्रकाशित मिति : आश्विन २९, २०७४ आईतबार

एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रको संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएका श्री पराजुलीले आफ्नो उम्मेदवारीप्रति सबैको सहमति जुटाउने प्रयास भइरहेको बताउनुभएको छ । विगतदेखि आफूले गरेको सामाजिक योगदान र एनआरएनमा सकृयताका कारण आफ्नो जीत सुनिश्चित रहेको दावी गर्दै उहाँले सोही पदका लागि अन्य उम्मेदवारहरुले पनि आफूलाई नै समर्थन गर्ने वातावरण बन्दै गएको बताउनुभएको छ ।

एनआरएन अमेरिकाको चुनावमा आफूले खुलेआम समर्थन गरेका गौरी जोशीले नै क्षेत्रीय संयोजकको पदमा उम्मेदवारी दिने चर्चा चलिरहेको बखत पराजुलीले भन्नुभयो – ‘मैले एनआरएन अमेरिकाको चुनावमा उहाालाई खुलेआम समर्थन गरेको थिएँ । आशा छ, उहाँले अहिले क्षेत्रीय संयोजकको पदमा मलाई समर्थन गर्नुहुनेछ ।’

यसबारे जोशीले पनि कुनै सार्वजनिक प्रतिकृया जनाउनुभएको छैन ।

एनआरएन अमेरिकाको चुनावमा श्री पराजुलीले गौरी जोशीको अध्यक्ष पदको उम्मेदवारीलाई खुलेआम समर्थन गर्नुभएको थियो । साथै जोशीका पक्षमा मतदान गर्न पटकपटक आब्हान समेत गर्नुभएको थियो । तर पछि जोशीले एनआरएन अमेरिकाको अध्यक्ष पदमा चुनाव नलड्ने भन्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com