प्रेमकुमार श्रेष्ठ राप्रपा केन्द्रीय सहायक महामन्त्रीमा नियुक्त


प्रकाशित मिति : आश्विन २९, २०७४ आईतबार

अमेरिका निवासी राप्रपा नेपालका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठलाई पार्टीको केन्द्रीय सहायक महामन्त्रीमा नियुक्त गरिएको छ । राप्रपा अध्यक्ष कमल थापाले श्रेष्ठलाई महामन्त्रीमा नियुक्त गरिएको जानकारी दिनुभएको हो ।

आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा थापाले श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभयो । प्रेमकुमार श्रेष्ठ अमेरिकाको बाल्टिमोर निवासी नेपाली व्यवसायी हुनुहुन्छ । लामो समयदेखि राजनीतिमा कृयाशिल श्रेष्ठलाई कार्यक्रममा उपस्थीत विश्वभरका राप्रपाका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले बधाई दिएका थिए ।

कार्यक्रममा काठमाडौंमा जारी एनआरएनए सम्मेलनका विषयमा पनि कुराकानी भएको थियो भने राप्रपाले समर्थन गर्ने उम्मेदवारको विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा राप्रपा समर्थक एनआरएनएका केही उम्मेदवारहरु पनि उपस्थीत थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com