शिकागोमा आप्रवासीको प्रदर्शनमा अश्रु ग्यास प्रहार गरेको आरोपमा सुरक्षा अधिकारीविरुद्ध मुद्दा दायर


प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार

अमेरिकाको शिकागोमा भएको प्रदर्शनमा अश्रु ग्यास प्रहार गरेको आरोपमा एकजना सुरक्षा अधिकारीमाथि मुद्दा दायर गरिएको छ।

वरिष्ठ सीमा सुरक्षा अधिकारी ग्रेगोरी बोभिनोमाथि गत बिहीबार शिकागोको प्रदर्शनमा भीडतर्फ अश्रु ग्यास प्रहार गरेको आरोप लागेको छ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) विरुद्ध दायर मुद्दामा बोभिनोले शिकागोको “लिटल भिलेज” क्षेत्रमा भएको आप्रवासन विरोधी प्रदर्शनमा “कुनै औचित्यबिना” अश्रु ग्यास प्रहार गरेको आरोप लगाइएको छ।

यो मुद्दा प्रदर्शनकारीहरू र शिकागोका पादरीहरूको समूहले संयुक्त रूपमा दायर गरेका हुन्। यी समूहहरूले यसअघि नै डीएचएस र ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरी अस्थायी आदेश प्राप्त गरेका थिए।

अदालतमा पेस गरिएको प्रमाणअनुसार फेसबुकमा अपलोड गरिएको भिडियोमा बोभिनोले एजेन्टहरूको भीडमाथि वस्तु फ्याँकिरहेको देखिन्छ। भिडियोमा घटनापूर्व के भएको थियो भन्ने स्पष्ट छैन।

डीएचएसले सामाजिक सञ्जालमा प्रकाशित वक्तव्यमा प्रदर्शनकारीहरूले एजेन्टहरूलाई हानेको बताएको छ। बोभिनोको टाउकोमा पनि प्रहार भएको थियो।

न्यायाधीश सारा एलिसले यसअघि नै सङ्घीय एजेन्टहरूलाई प्रदर्शनकारी, पत्रकार वा नागरिकहरूमाथि अत्यधिक बल प्रयोग गर्न वा दमनकारी रणनीति अपनाउन निषेध गर्ने आदेश दिएकी थिइन्।

तर उक्त आदेशले कानुन कार्यान्वयनमा खतरा उत्पन्न गर्ने व्यक्तिमाथि आवश्यक कारबाही गर्न छुट दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब एलिसले बोभिनोको बयान लिन आदेश दिएकी छिन्। नोभेम्बर ५ मा प्रारम्भिक सुनुवाइ तय गरिएको छ।

बोभिनो, जो वोर्डर पेट्रोलका क्यालिफोर्निया प्रमुख हुन्, हाल शिकागोमा ट्रम्प प्रशासनको अभियानको नेतृत्व गर्दै छन्।

यस अभियानअन्तर्गत हजारभन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन्।

इलिनोइसका गभर्नर जेबी प्रिट्जकरले इलिनोइन एकाउन्टिविलिटी कमिसन गठन भएको घोषणा गरेका छन्, जसको उद्देश्य सङ्घीय कारबाहीहरूका सम्भावित दुरुपयोगबारे प्रमाण सङ्कलन गर्नु र पीडितहरूका लागि न्यायको सिफारिस गर्नु रहेको छ।

अमेरिकी न्यायाधीश एप्रिल पेरीले ट्रम्प प्रशासनको शिकागोमा नेशनल गार्ड तैनाथ गर्ने योजनामाथि रोक लगाउने आदेशलाई अन्तिम फैसला नआउन्जेलका लागि विस्तार गरेकी छन्।

ट्रम्प प्रशासनले यो आदेश खारेज गर्न सर्वोच्च अदालतमा अपील गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com