‘एनआरएनहरु अब राष्ट्र निर्माणका परियोजनामा केन्द्रित हुनुपर्छ’


प्रकाशित मिति : आश्विन २८, २०७४ शनिबार

– जीवा लामिछाने

बहुप्रतिक्षित संविधानले हिजो असम्भवझैं लाग्ने समुन्नत नेपालको त्यो संकल्पलाई पुरा गर्ने बलियो आधार दिएको छ । आगामी निर्वाचनहरू सँगै अब हाम्रो देश आर्थिक विकासमा केन्द्रित हुनेछ र गैरआवासीय नेपाली समुदायको त्यसमा महत्वपूर्ण भूमिका हुनेछ भन्ने कुरामा मलाई कुनै संदेह छैन । नेपालको भावी यात्रालाई सफल बनाउन हामीले संसारभरिबाट क्षमताअनुसारको साधनस्रोत जुटाएर, आफ्नो ज्ञान र सिप लगाएर ठूलो उत्साहका साथ हातेमालो गर्नु पर्छ ।

आज पनि गैरआवासीय नेपाली संघको दीर्घकालीन योजना अन्तरगत हामीसँग रहेको धेरथोर पूँजीलाई एकिकृत गरेर राष्ट्र निर्माणका परियोजनामा लगानी गर्ने, विदेशमा रहेका प्रविधि, ज्ञान र क्षमतायुक्त मानव संसाधनको बढि भन्दा बढि प्रयोग गर्ने काम निरन्तर अघि बढिरहेकै छ । नेपालले हामीबाट यही भूमिकामा अझ व्यापक र विस्तार होस् अपेक्षा गरेको छ । अब उप्रान्त हुने हाम्रा सबै सम्मेलन र भेलाहरु मूलत: यसै कुरामा केन्द्रित हुनुपर्छ । हाम्रा सानाठूला प्रयासले विदेशी लगानीकर्ताको आत्मविश्वासलाई बढाउने छ, दुई ठूला आर्थिक शक्तिहरुको बीचमा रहेको नेपालमा रहेको अनन्त संभावनालाई झन् उजागर गर्नेछ । हामीले नेपालको आर्थिक कुटनीतिको महत्वपूर्ण अंग बन्नु पर्नेछ ।

विश्वका कुनाकुनाबाट अत्यन्त उत्साहका साथ नेपाल आउनु भएका साथीहरु,द्वन्द्व र अस्थिरताको लामो संक्रमणबाट मुक्तिसँगै हाम्रो मातृभूमिमा अहिले एकता, शन्ति र पुनर्निर्माणको नौलो आशा पलाउँदै गएको छ । यस्तो बेला काठमाडौंमा यति ठूलो संख्यामा भेला भएका हामी गैरआवासीय नेपालीहरूले एकता, सौहार्दता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाको उत्कृष्ट उदाहरण दिनसक्यौं भने मात्र आम नेपाली दाजुभाइ दिदीबहिनीको हृदयमा आशा, विश्वास र भरोसाको संचार हुनेछ । यही संवेदशीलताको अपेक्षा गर्दै यो सम्मेलनको भव्य सफलताको कामना गर्दछु ।

गैरआवासीय नेपाली सघंको आठौं विश्व सम्मेलन उद्घाटन समारोहमा एनआरएन संस्थापक तथा पूर्व अध्यक्ष जीवा लामिछानेले दिनुभएको मन्तब्यको मुख्य अंश ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com