अमेरिकामा एकै परिवारका ४ जनाको हत्याका दोषीलाई मृत्युदण्ड


प्रकाशित मिति : कार्तिक २, २०८२ आईतबार

अमेरिकामा हत्या अभियोगमा एक जनालाई मृत्युदण्ड दिइएको छ। एरिजोनामा ३० वर्षअघि भएको हत्या प्रकरणमा दोषी ठहर भएका ५५ वर्षीय रिचर्ड केनेथ जर्फलाई मृत्युदण्ड दिइएको हो।

करिब ३० वर्षअघि एक परिवारका चार सदस्यको हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए।

केनेथ जर्फलाई घातक इन्जेक्सन (लिथल इन्जेक्सन) द्वारा मृत्युदण्ड दिइएको हो।

उनले सन् १९९३ सेप्टेम्बर १४ मा अल्बर्ट लुना सिनियर र पेट्रिसिया लुना, उनकी १८ वर्षीया छोरी रशेल लुना र ५ वर्षीय छोरा डेमियन लुनाको आफ्नै घरमा निर्ममतापूर्वक हत्या गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एरिजोनामा दिइएको यो यस वर्षको दोस्रो मृत्युदण्ड हो। जर्फलाई मृत्युदण्डको विरोध गर्ने वा क्षमादान माग्ने कुनै इच्छा थिएन।

एरिजोना अटर्नी जनरल क्रिस मेजले ती चार निर्दोष पीडितहरूले न्याय पाउनु आवश्यक रहेको बताए।

जर्फले अल्बर्ट लुना जुनियरलाई आफ्नो अपार्टमेन्टबाट इलेक्ट्रोनिक्स र बन्दुक चोरी गरेको भन्दै बदला लिन खोजेका थिए।

त्यस घटनाको महिनाऔँपछि उनले लुना परिवारको घरमा “फूल वितरण गर्न आएको” बहाना बनाएर प्रवेश गरे र परिवारमाथि आक्रमण गरे। जर्फले रशेल लुनामाथि यौन हिंसा गरे र त्यसपछि उनको घाँटी रेटेर हत्या गरेका थिए।

उनले अल्बर्ट लुना सिनियरलाई एल्युमिनियम ब्याटले हाने, पछि छुरा र गोली प्रहार गरी हत्या गरेका थिए। पेट्रिसिया र डेमियन लुनालाई कुर्सीमा बाँधेर गोली हानेर मारेको अभियोग पत्रमा उल्लेख छ।

एरिजोना सुधार विभागका उप–निर्देशक जोन बार्सेलोका अनुसार जर्फले मृत्युदण्डअघि कुनै अन्तिम बयान दिएनन्। उनले कुनै प्रतिरोध पनि नगरेको बताइएको छ।

एरिजोनामा मृत्युदण्डका प्रक्रियाहरू लामो समयदेखि विवादित रहेका छन्। रिचर्ड जर्फको मृत्युदण्डपछि एरिजोनामा अब १०७ जना कैदी मृत्युदण्डको प्रतीक्षामा छन्। अमेरिकाभरमा यस वर्ष ३९ जनालाई मृत्युदण्ड दिइसकिएको छ।

अमेरिकामा मृत्युदण्ड अझै पनि विवादास्पद विषय छ। सङ्घीय स्तरमा र केही राज्यहरूमा यसलाई कानुनी रूपमा अनुमति छ, तर अन्य राज्यहरूले यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएका छन्।

अमेरिकामा मृत्युदण्डको प्रयोग मुख्य रूपमा हत्या, आतङ्कवाद, देशद्रोह, र बाल यौन हिंसाजस्ता गम्भीर अपराधहरूमा गरिन्छ। २७ अमेरिकी राज्यहरूमा मृत्युदण्ड वैध छ। २३ राज्यहरूले यसलाई पूर्ण रूपमा निषेध गरेका छन्।

सङ्घीय सरकारले पनि मृत्युदण्ड दिन सक्छ, तर त्यो राष्ट्रपति र न्याय मन्त्रालयको निर्णयमा निर्भर रहन्छ। अमेरिका मृत्युदण्ड जारी रहेका विश्वका केही विकसित देशहरूमा पर्दछ।

पछिल्ला वर्षहरूमा मृत्युदण्डको प्रयोग घट्दो क्रममा छ। टेक्सस, फ्लोरिडा, ओक्लाहोमाजस्ता राज्यहरूमा अझै सक्रिय रूपमा मृत्युदण्ड कार्यान्वयन हुँदै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com