अमेरिकामा आइसले गर्यो प्रहरी अधिकृतलाई पक्राउ


प्रकाशित मिति : आश्विन २९, २०८२ बिहीबार

अमेरिकामा आइसले एकजना प्रहरी अधिकृतलाई नै पक्राउ गरेको छ। अमेरिकी आप्रवासन तथा सीमाशुल्क प्रवर्तन निकाय (आइस) ले इलिनोइसको ह्यानोभर पार्कमा कार्यरत एकजना प्रहरी अधिकारीलाई पक्राउ गरेको हो।

पक्राउ परेका प्रहरी अधिकृत मोन्टेनेग्रोका नागरिक राडुले बोजोभिच रहेको बताइएको छ। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) का अनुसार बोजोभिच अवैध रूपमा अमेरिकामा बस्दै आएका थिए। उनले लिएको पर्यटक भिसाको म्याद सन् २०१५ मा सकिएको डीएचएसले बताएको छ।

बोजोभिचलाई छापा मार्ने क्रममा पक्राउ गरिएको हो। यो छापामार्ने अभियान इलिनोइसमा आप्रवासन सम्बन्धी आइसको विशेष अपरेशनअन्तर्गत रहेको थियो।

ह्यानोभर पार्क प्रहरी विभागले गत अगस्टमा फेसबुकमा पोस्ट गर्दै बोजोभिच “सबअर्बन ल’ इन्फोर्समेन्ट एकेडेमी” बाट स्नातक भएको घोषणा गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डीएचएसकी सहायक सचिव ट्रिसिया म्याकलफलिनले बोजोभिचले अमेरिकाको कानुन तोडेर १० वर्षदेखि अवैध रूपमा अमेरिका बस्दै आएको बताइन्।

एउटा प्रहरी विभागले आप्रवासन कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई बन्दुक र ब्याज (प्रहरीको बिल्ला) कसरी दिन सक्छ भन्दै उनले विदेशीले बन्दुक राख्नु नै सङ्घीय अपराध हो भनेकी छिन्।

ह्यानोभर पार्कका मेयर रोड्नी क्रेगले बोजोभिचको आप्रवासन प्रक्रियाको निगरानी गर्ने बताउँदै यदि उनी अमेरिकामा बस्न र काम गर्न पाउने अधिकारप्राप्त भएमा पुनः प्रहरी विभागमा पूर्ण जिम्मेवारीमा फर्काइने बताएका छन्।

बोजोभिच नियुक्त हुनुअघि गाउँले (गाउँपालिकाको नेतृत्वले) उनी अमेरिकामा कानूनी रूपमा काम गर्न सक्ने अधिकारी हुन् भनेर पुष्टि गरेका थिए।

एफबीआई र इलिनोइस स्टेट पुलिसले गरेको पृष्ठभूमि जाँचमा कुनै पनि आपराधिक इतिहास फेला नपरेको बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com