ग्लोबल सम्मेलनमा भाग लिन आएका एनआरएन नेता ७ करोड ठगीमा पक्राउ


प्रकाशित मिति : आश्विन २८, २०७४ शनिबार

जापानबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) काे आइसीसी सदस्य चयन भएका अनुज थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको छ। एनआरएनएको आठौं ग्लोबल सम्बेलनमा सहभागी हुन जापानबाट आएका उनलाई ७ करोड रुपैयाँ ठगी अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो।

थापाले जापानमा रहेको एउटा विश्व विद्यालयको शाखा नेपालमा खोल्छु भनेर ७ करोड नेपाली रुपैयाँ लिएका थिए। सो रकम नेपालमा विश्वविद्यालयको शाखा नखोली उनले निजी घर र गाडी किन्न प्रयोग गरेका थिए। त्यही घर धितो राखेर थापाले बैंकबाट ऋण निकालेका थिए। २०७२ को भूकम्पले उनको घर चर्किएपछि फेरि मर्मतका लागि भन्दै बैंकबाट अर्को किस्ता ऋण झिकेका थिए।

नेपालमा विश्वविद्यालयको शाखा खोल्न पैसा दिएको वर्षौं बितिसक्दा पनि कुनै प्रगति भएको नेदेखेपछि उनलाई पैसा उपलब्ध गराउने जापानी प्राध्यापकले थापासँग पैसा फिर्ता मागेका थिए। जापानमा पैसा फिर्ता मागेपछि उनी लामो समय नेपालमै बस्न थालेका थिए। अाफू नेपाल बस्न थालेपछि उनले टाेकियको रेष्टुराँ ठेक्कामा लगाएका थिए। गैरअावासीय नेपाली संघ जापानकाे पछिल्लाे निर्वाचनमा अध्यक्ष प्रत्यासी बनेका उनी पछि सहमतिमा अाइसीसी सदस्य चयन भएका थिए। त्यसअघि उनी एनअारएन जापानकाे महासचिव पदमा थिए।

पक्राउ परेका थापा नेपाल पर्यटन बाेर्डका जापानस्थित पर्यटन प्रतिनिधि पनि हुन्। एनआरएन सम्मेलनमा थापा नेपाल आएको जानकारी पाएपछि उनी पनि नेपाल आएर थापाविरुद्ध नेपाल प्रहरीमा उजुरी दिएका थिए। महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकका अनुसार उनीविरुद्ध ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी अभियोगमा अनुसन्धान भइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरी हिरासतमा रहेका अनुज थापाले आफूलाई नेपाली सेनाको कर्नेलको छोरा भएको र माथिसम्मै पहुँच रहेको भन्दै प्रहरीलाई धम्क्याइरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com