अमेरिकाको टेक्सासमा ८ जना मिडवाइफ पक्राउ


प्रकाशित मिति : आश्विन २३, २०८२ शुक्रबार

अमेरिकामा ८ जना मिडवाइफलाई पक्राउ गरिएको छ । बिना अनुमति चिकित्सकीय अभ्यास गरेको आरोपमा उनीहरुलाई टेक्सासबाट पक्राउ गरिएको अटनी जनरल केन प्याक्सटनले घोषणा गरेका छन । 

मिडवाइफ भन्नाले गर्भवती महिलालाई गर्भधारण, सुत्केरीपना (प्रसव) र सुत्केरीपछिको अवधिमा सहयोग गर्ने स्वास्थ्यकर्मीलाई बुझिन्छ । नेपालीमा यसलाई प्रायः “धाइँ” भनिन्छ। मिडवाइफको मुख्य उद्देश्य आमा र नवजात शिशुको सुरक्षित स्वास्थ्य सुनिश्चित गर्नु हो।

अदालतका कागजातहरू अनुसार तीमध्ये कम्तीमा एक जनामाथि अवैध रूपमा गर्भपतन गराएको आरोप समेत लगाइएको छ । 

प्याक्सटनले यस वर्ष मार्चमा ४९ वर्षीया मारिया मार्गरिटा रोजासमाथि फौजदारी अभियोग लगाएका थिए । उनीमाथि बिना इजाजत धेरै स्वास्थ्य क्लिनिक सञ्चालन गरेको र अवैध गर्भपतन सेवा दिएको आरोप छ । यो टेक्सासको ह््युमन लाइफ प्रोटेक्सन एक्स अन्तर्गत लगाइएको पहिलो मुद्दा हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोजासकी वकिल निकोल डेबोर्ड होकग्लाउबेले रोजासको बचाउमा दृढतापूर्वक काम गरिरहेको बताएका छन ।  

होकग्लाउबेले प्याक्सटनले “गर्भपतन समर्थक समूह” भनेर जनतालाई उत्तेजित गर्ने सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यो टेक्सासको कानुनी आचारसंहिताको उल्लङ्घन भएको आरोप लगाइन्।

प्याक्सटनको कार्यालयले भने केही अभियुक्तहरू विदेशी नागरिक रहेको उल्लेख गरेको छ । 

अमेरिकाभर फैलिँदो आप्रवासीविरोधी भावनाको बीचमा रोजास र उनका क्लिनिकहरूलाई निशाना बनाउनु कुनै संयोग त होइन भन्ने प्रश्न उठेको अधिकारीहरुले बताएका छन । 

मार्चमा पक्राउ परेकी रोजासलाई अर्को दिन नै धरौटीमा छुटाइएको थियो । उनलाई १५ वटा फौजदारी मुद्दामा अभियोग लगाइएको छ । अवैध गर्भपतन गरेको र बिना इजाजत चिकित्सकीय अभ्यास गरेको लगाएका १२ मुद्दा समावेश छन्।

रोजासको क्लिनिक नेटवर्कलाई चिकित्सकीय सेवा दिन रोक लगाइएको छ । 

टेक्सासको कानुन अनुसार बलात्कार वा अनैतिक सम्बन्धका मुद्दामा  पनि गर्भपतन गर्न पाइँदैन । 

गर्भवती महिलाको ज्यान वा शारीरिक अंगमा गम्भीर खतरा भए मात्र गर्भपतन वैधानिक हुन्छ । यो कानुन उल्लङ्घन गर्ने स्वास्थ्यकर्मीहरूलाई कम्तीमा १ मिलियन डलर जरिवाना, चिकित्सकीय अनुमति खोसिने र जेल सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ । 

यस कानुनले गर्भपतन गराउने महिलामाथि भने आपराधिक मुद्दा दायर गर्न नपाइने व्यवस्था गरेको छ । 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com