मस्क बने ५०० बिलियन डलरभन्दा बढी सम्पत्ति आर्जन गर्ने पहिलो व्यक्ति


प्रकाशित मिति : आश्विन १४, २०८२ बुधबार

एलन मस्क ५०० बिलियन डलरभन्दा बढी सम्पत्ति आर्जन गर्ने पहिलो व्यक्ति बनेका छन्।

यस वर्ष उनको इलेक्ट्रिक कार कम्पनी टेस्ला र अन्य व्यवसायहरूको मूल्य उल्लेख्य रूपमा वृद्धि भएपछि उनको कुल सम्पत्ति यो ऐतिहासिक स्तरमा पुगेको हो।

फोर्ब्सको बिलिनियर इन्डेक्स अनुसार न्यूयोर्क समय दिउँसो उनको सम्पत्ति केही समयका लागि ५००.१ बिलियन डलरसम्म पुगेको थियो। यद्यपि, पछि थोरै घटेर ४९९ बिलियन डलरभन्दा अलिक बढीमा झरेको थियो।

टेस्ला बाहेक मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआई र रकेट कम्पनी स्पेस एक्स को मूल्याङ्कन पनि पछिल्ला महिनाहरूमा उल्लेख्य रूपमा बढेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो उपलब्धिले मस्कलाई विश्वकै सबैभन्दा धनी व्यक्तिको रूपमा अझ बलियो बनाएको छ र उनी टेक क्षेत्रमा उनका प्रतिस्पर्धीहरूभन्दा धेरै अगाडि छन्।

फोर्ब्सअनुसार, ओरेकलका संस्थापक लेरी एलिसन विश्वका दोस्रो धनी व्यक्ति बनेका छन्। उनको सम्पत्ति करिब ३५०.७ बिलियन डलर छ। गत महिना ओरेकलको सेयर ४० प्रतिशतभन्दा बढी बढेपछि एलिसन केही समयका लागि मस्कलाई उछिन्न सफल भएका थिए।

मस्कको सम्पत्ति मुख्यतः उनको टेस्लामा रहेको करिब १२ प्रतिशत हिस्सासँग गाँसिएको छ। यस वर्ष टेस्लाको सेयर मूल्यमा १४ प्रतिशतभन्दा बढी वृद्धि भएको छ। बुधबारको कारोबारमा टेस्ला सेयर ३.३५ ले बढेको थियो।

लगानीकर्ताहरूले मस्कलाई फेरि आफ्नो व्यवसायमा केन्द्रित भएको देखेकाले टेस्लाको सेयरमा वृद्धि भएको हो। यसअघि उनले ट्रम्प प्रशासनको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सीमा संलग्न भएको कारण आलोचना खेपेका थिए।

मस्कले एक्स (पहिलेको ट्विटर) सामाजिक सञ्जाल पनि सञ्चालन गर्छन् र आप्रवासन तथा विविधता, समानता र समावेश कार्यक्रमजस्ता विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने गरेका छन्।

टेस्ला बोर्ड अध्यक्ष रोबिन डेनहोल्म ले गत सेप्टेम्बरमा मस्कलाई फेरि कम्पनीमा “फ्रन्ट एन्ड सेन्टर” भएको बताए।

बोर्डले उनलाई आगामी दशकमा महत्वाकांक्षी लक्ष्य पूरा गरेमा १ ट्रिलियन डलरभन्दा बढीको पारिश्रमिक प्याकेज दिने निर्णय गरेको छ। यो पाउनका लागि मस्कले टेस्लाको मूल्य आठ गुणा बढाउनु पर्ने, १० लाख एआई रोबोट बेच्नु पर्ने, थप १२ मिलियन टेस्ला कार बिक्री गर्नु पर्ने र अन्य केही लक्ष्य हासिल गर्नु पर्नेछ।

गत महिना उनले करिब १ बिलियन डलर बराबरको टेस्ला सेयर खरिद गरेको घोषणा गरेका थिए, जसलाई लगानीकर्ताहरूले कम्पनीमा विश्वासको सङ्केतका रूपमा लिएका छन्।

विशेषगरी चीनको बिवाइडी (BYD) जस्ता प्रतिद्वन्द्वी इलेक्ट्रिक कार निर्माताबाट टेस्लाले पछिल्ला वर्षहरूमा कडा प्रतिस्पर्धा भोगिरहेको छ। कम्पनी अहिले एआई र रोबोटिक्स व्यवसायमा रूपान्तरण हुने प्रक्रियामा समेत छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com