अमेरिकामा समलैङ्गी परेडमा गोली चलाउने धम्की दिएको आरोपमा पक्राउ


प्रकाशित मिति : आश्विन ११, २०८२ आईतबार

अमेरिकाको टेक्सासमा गोली चलाउन धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सङ्घीय निकायहरूले समलैङ्गी अधिकारसम्बन्धी (एलजीबीटीक्यू) समर्थनमा हुने ‘प्राइड परेड’मा गोली चलाउने धम्की दिएको आरोपमा पक्राउ गरेका छन्।

पक्राउ परेका व्यक्ति जोशुआ कोल हुन्। उनले “जे डब्लु” नामको फेसबुक खाताबाट २० सेप्टेम्बरमा एबिलिन शहरमा हुने ‘प्राइड परेड’मा गोलीकाण्ड मच्चाउने धम्की दिएका थिए। उनले लेखेका थिए, “तिनीहरूको परेडको केही मतलब छैन। हतियार उठाऔँ र चार्ली कर्कलाई मार्नेहरूको बदलास्वरूप तिनीहरूलाई कारबाही गरौँ।”

चार्ली कर्क नामका रिपब्लिकन राजनीतिक कार्यकर्ताको १० सेप्टेम्बरमा युटा भ्याली युनिभर्सिटीमा हत्या भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हत्यामा संलग्न भएको आरोप लागेका टायलर रोबिन्सनले कर्कको “घृणात्मक विचार” बाट आजित भएको र पछिल्ला वर्षहरूमा समलैङ्गी तथा ट्रान्स अधिकार समर्थक बनेपछि यस्तो कदम उठाएको अधिकारीहरूले भनेका छन्।

एफबीआईका विशेष एजेन्ट साम भेनुटीले अनुसन्धानबाट उक्त फेसबुक खाता कोलकै हो भनेर पुष्टि भएको बताएका छन्। कोलले काम गर्ने स्थानमा खोज्दा उनी अचानक राजीनामा दिएर रिसाएको अवस्थामा निस्केको पत्ता लागेको थियो।

उनका सहकर्मीहरूले उनलाई “उग्र स्वभावको” भनेका थिए। केही समयपछि स्थानीय प्रहरीले ‘ट्राफिक स्टप’ गरेर उनलाई नियन्त्रणमा लिएका थिए। सोधपुछ गर्दा उनले आफूसँग हतियार भएको, फेसबुक खाता सञ्चालन गरेको र धम्कीपूर्ण पोस्टहरू आफैँले लेखेको स्वीकार गरेका छन्।

कोलले आफ्ना भनाइहरूलाई सामान्य मानिसले “धम्की”को रूपमा बुझ्न सक्ने कुरालाई भने स्वीकार गरेका बताइएको छ। तर उनले वास्तवमा ‘प्राइड परेड’मा गोली चलाउने योजना नभएको दाबी गरेका छन्।

कोलमाथि सङ्घीय कानुन अनुसार धम्कीपूर्ण सञ्चार गरेको अभियोग लगाइएको छ। दोषी ठहरिएमा उनीलाई ५ वर्षसम्म कैद सजाय हुन सक्छ। प्रारम्भिक अदालतको सुनुवाइमा न्यायाधीशले उनलाई अनुसन्धान पुरा नहुँदासम्म हिरासतमा राख्न आदेश दिएका छन्।

एबिलिन ‘प्राइड अलायन्स’ले विज्ञप्ति जारी गर्दै समुदायको सुरक्षालाई सधैँ प्राथमिकतामा राखेको बताएको छ।

ट्रम्प प्रशासनले चार्ली कर्कका विचारहरूको विरोध गर्ने वामपन्थी समूहहरूमाथि कारबाही गर्ने धम्की दिँदै आएको छ। तर कोलको गिरफ्तारीबारे भने कुनै आधिकारिक टिप्पणी गरिएको पाइएको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com