अमेरिकामा नयाँ घर किन्नेहरूको सङ्ख्या बढ्यो, के भन्छन् त अर्थशास्त्रीहरू ?


प्रकाशित मिति : आश्विन ७, २०८२ बुधबार

अमेरिकामा नयाँ घर किन्नेहरूको सङ्ख्या बढेको छ। नयाँ घरको बिक्री गत महिनामा अपेक्षाभन्दा बढी रहेको पाइएको छ।

घर बनाउने कम्पनीहरूले मूल्यमा छुट र विभिन्न प्रोत्साहन योजना ल्याएपछि नयाँ घर बिक्रीमा तीव्र वृद्धि भएको हो। नयाँ घर खरिद गर्न हिचकिचाइरहेका ग्राहकलाई आकर्षित गर्न कम्पनीहरूले विभिन्न छुट योजनाहरू ल्याएका छन्।

अमेरिकी जनगणना विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अगस्ट महिनामा नयाँ एकल परिवार आवासको बिक्री २०.५ प्रतिशत बढेर वार्षिक दरअनुसार ८ लाख युनिट पुगेको छ।

यो वृद्धि सन् २०२२ को सुरुवातयता सबैभन्दा छिटो हो। अर्थशास्त्रीहरूको अनुमानभन्दा धेरै माथि पनि हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्लेषकहरूले बताएअनुसार नयाँ बनेका तर बिक्री नभएका घरहरूको बढी बिक्री भएको छ। बिक्री नभएका घरको सङ्ख्या घटाउन घर निर्माताहरूले दिएको मूल्य छुट तथा अन्य प्रोत्साहनहरूले यो बिक्री सम्भव भएको हो।

फेडरल रिजर्भको ब्याजदर कटौतीअघि ऋण लिने लागत घट्नु पनि बिक्री बढ्ने अर्को कारण भएको अर्थशास्त्रीहरूले बताएका छन्।

तर नयाँ घरहरूको बिक्री अमेरिकी सम्पूर्ण घरबजारको करिब १४ प्रतिशत मात्र भएको अधिकारीहरूले बताएका छन्।

समग्र आवास बजार भने अझै स्थिर अवस्थामा देखिन्छ। महँगो भएकाले सम्भावित खरिदकर्तालाई घर किन्न समस्या भइरहेको छ।

अर्थशास्त्रीहरूले अगस्टमा भएको बिक्री वृद्धि घरबजारमा भएको वास्तविक सुधारभन्दा पनि सङ्ख्यामा देखिएको बढी भएको बताएका छन्। उनीहरूले नयाँ घरको बिक्री निकै अस्थिर हुने बताएका छन्।

वेल्स फार्गोका अर्थशास्त्रीहरूले पनि यसलाई ठूलो सतर्कताका साथ लिनुपर्ने बताएका छन्। नेसनल एसोसिएसन अफ होम बिल्डर्स र वेल्स फार्गोको संयुक्त प्रतिवेदनअनुसार यो महिनामा ३९ प्रतिशत घर निर्माताले मूल्य घटाएको बताएका छन्, जुन कोभिड-१९ महामारीपछि सबैभन्दा बढी हो।

प्रोत्साहनका अन्य उपायमा ग्राहकलाई कम ब्याजदरमा ऋण पाउन मद्दत गर्नु वा घर किन्न लाग्ने केही लागत आफैँ बेहोर्नु समावेश हुन्छ।

गत महिनादेखि नै बन्धकी (मर्गेज) दर घट्न थालेको छ। यसले बिक्री बढाउन थप सहयोग गरेको क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री थोमस रायनले बताए।

अमेरिकामा सबैभन्दा लोकप्रिय ३० वर्षे घर ऋणको औसत ब्याजदर गत हप्ता घटेर ६.२६ प्रतिशतमा झरेको छ। यो ब्याजदर अझै कम हुँदै गएको छ। यसले आगामी महिनाहरूमा नयाँ घरको बिक्री अझै बढ्न सक्छ।

यद्यपि, अहिलेको बन्धकी अर्थात् मर्गेज दर महामारीका बेला घरधनीहरूले पाएको भन्दा अझै झन्डै दोब्बर छ। कमजोर श्रम बजार र घरको लगातार बढ्दो मूल्यका कारण आवास बजार लामो समय स्थिर अवस्थामा रहने सम्भावना छ।

घरको माग अझै बाँकी छ तर पहिलोपटक घर किन्न खोज्नेहरूका लागि मूल्य अझै उनीहरूको क्षमताभन्दा बाहिर रहेको अर्थशास्त्रीहरूको भनाइ छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com